राष्ट्रपतिलाई जनकपुर आउन नदिने चेतावनी
मंगसिर २९ । जनकपुरधाम । शैलेन्द्र महतो । राष्ट्रपति विद्यादेवी भण्डारी रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागि हुन बुधबार जनकपुर आउने कार्यक्रम तय भएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति भण्डारी बुधबार दिउँसो रामजानकी महोत्सवमा सहभागि हुन जनकपुर आउने कार्यक्रम तय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । प्रजिअ पराजुलीका अनुसार राष्ट्रपति भण्डारी जानकी मन्दिरमा पुजाआजा गर्ने कार्यक्रम रहेको छ ।
तर तराई मधेशमा आन्दोलरत्त संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगायत आन्दोलनरत्त पक्षहरुले राष्ट्रपति जनकपुर आए अवरोध र निषेध गर्ने चेतावनी दिएका छन् ।
तराई मधेसमा विगत चार महिनाभन्दा बढीदेखि आन्दोलन गरिररहेका उनीहरुले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्ने सम्पूर्ण सांसद एवं नेपाल सरकारका प्रधानमन्त्री लगायत मन्त्री र उच्च ओहदाका नेताहरुलाई मधेस प्रवेशमा रोक लगाएको बताएका छन् ।
जनकपुरमा आन्दोलनरत्त गैर राजनीतिक संगठन प्रगतिशील मधेसी समाज, संयुक्त युवा संघर्ष समिति, मधेस आधिकार संघर्ष समिति, मधेश बुद्धिजिवी नागरिक समाजलगायतले मंगलबार जनकपुरमा चेतावनी दिदै राष्ट्रपति भण्डारीको पुत्ला जलाएका छन् ।
आन्दोलनरत्त पक्षले शान्तिपूर्ण रुपमा हुन लागेको विवाहपञ्चमी महोत्सवलाई भाड्न र विथोल्न राष्ट्रपति भण्डारी षड्यन्त्रपूर्वक जनकपुर आउन लागेको आरोप लगाएको छ ।
-उज्यालो



0 comments
Write Down Your Responses