नेपालको विकास निर्माणका लागि फिनल्याण्डको २ अर्ब सहयोग
काठमाडौं, २४ मंसिर । नेपालको विकास निर्माणका लागि फिनल्याण्डले एक अर्ब ८१ करोड रुपैयाँ सहयोग गरेको छ । ग्रामिण भेगमा पानीका स्रोतको व्यवस्थापन परियोजनाको तेस्रो चरण सञ्चालनका लागि नेपाललाई उक्त रकम फिनल्याण्डले सहयोग गरेको हो ।
काठमाडौंको सिंहदरवारस्थित अर्थमन्त्रालयमा बिहीबार फिनल्याण्डका राजदूत जर्मन शुभान्टो र अर्थसचिव लोकदर्शन रेग्मीले हस्ताक्षर गरेको सहयोग सम्बन्धी सम्झौता पत्रमा फिनल्याण्डले मध्य तथा सुदूरपश्चिमाञ्चलका १० वटा जिल्लामा परियोजना संचालनका लागि सरकारलाई १ अर्ब ८१ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको उल्लेख छ ।
सम्झौता अनुसार पाँच वर्षे परियोजना स्थानीय विकास मन्त्रालय अन्तर्गत संचालन हुने छ । कैलाली, डोटी, डडेल्धुरा, अछाम, बैतडी, बझाङ, बाजुरा, दार्चुला, दैलेख र हुम्लामा संचालन हुने परियोजना अन्तर्गत खानेपानीका योजनाबाट २ लाख ३४ हजार जनता लाभान्वित हुने अनुमान गरिएको छ ।



0 comments
Write Down Your Responses