जन्माए, दुधको धारा पिलाए, हुर्काए, बढाए, आखिर आफ्नै आमालाई जिउँदै आगो लगाइदिए, कस्तो छोरा ?
बैतडी, २२ मंसिर । बैतडीमा एक छोराले आफ्नै आमालाई मट्टितेल छर्केर आगो लगाइदिएका छन् । मुलुकमा महिला हिंसाको १६ दिने अभियान मनाइरहेका बेला बैतडीस्थित दुर्गा स्थानका नारायण बढुले रक्सी खाएर आफ्नै ६५ वर्षीय आमा द्रोपती बडुलाई आगो लगाइदिएका हुन् ।
छोराले लगाइ दिएको आगोबाट आमा द्रोपतीको ५५ प्रतिशत भन्दा बढी शरीरको भाग जलेको छ । अहिले उनको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताइएको छ ।
रक्सी खाएर गाउँमा झगडा गरेपछि सम्झाउन खोजेकी आमालाई नै नारायणले आगो लगाइदिएका हुन् । आमालाई आगो लगाउने उनी पनि गम्भीर घाइते भएका र थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी भइरहेको छ ।
1 comments
Write Down Your Responses



8 December 2015 at 08:28
कति खराब मान्छे ..