सरकारी कार्यालयमा मोर्चाका कार्यकर्ताद्वारा तोडफोड एबम पेट्रोल बम प्रहार
पुस ६ । सर्लाही । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सर्लाहीको सदरमुकाम मलंगवामा ब्यापक प्रदर्शनका साथ आन्दोलन कारिहरुले सरकारी कार्यालयमा तोडफोड र पेट्रोल बम प्रहार गरि आगजनी गरेका छन् ।
मोर्चाका कार्यकर्ताले मलंगवामा रहेका जिल्ला अदालत, खानेपानी, सिँचाइ, महिला तथा बालबालिका लगायतका सरकारी कार्यालयमा पेट्रोल बम हानेर आगजनी गरेका छन् ।
पेट्रोल बम प्रहारबाट तीन वटा कार्यालय भित्र रहेका कागजातसहितका सबै सरसामान जलेका छन् । सरकारी कार्यालयमा लागेको आगो बेलुकी यो खबर तयार पार्दासम्म पनि नानिभेको सोलुखुम्बु अनलाईन सम्बाददाता अविनाश शाहले बताएका छ ।
आन्दोलनकारी आगो निभाउन गएको मलंगवा नगरपालिकाको दमकल र प्रहरीको गाडीलाई पनि बिचैमा रोकेर समेत तोडफोड गरेका छन् ।
प्रहरीले सिडियो कार्यालयमा तोडफोड गरेको भन्दै संघीय समाजवादी फोरम नेपालका सर्लाही जिल्ला अध्यक्ष अशोक यादवलाई पक्राउ गरेपछि मोर्चाका कार्यकर्ताले सोमबार बिहानैदेखि सदरमुकाम मलंगवामा ब्यापक प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा शिवसागर चोकमा प्रहरी र आन्दोलनकारीबीच ठुलो झडप भएको छ । त्यो झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्याँस प्रहार गरेको छ भने प्रदर्शनकारीहरुले पनि ढुंगा, ईटा, पेट्रोल बम, भाटा प्रयोग भएको कुरा बताएको छ ।
Madhesi people fired on the government office with throwing the petrol bumbs- more than 4 government offices are fired,



0 comments
Write Down Your Responses