• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, Latest Updates, News, Politics » आन्दोलनकारीद्वारा रौतहटको ३ प्रहरी कार्यालयमा आक्रमण, फेरी कर्फ्यु
आन्दोलनकारीद्वारा रौतहटको ३ प्रहरी कार्यालयमा आक्रमण, फेरी कर्फ्यु

काठमाडौँ ६ पुष । आइतबार प्रहरीको गोली लागेर एक विद्यार्थीको मृत्यु भए पछि तनावग्रस्त बनेको रौतहटमा मधेसी मोर्चाका कार्यकर्ताहरुले बिभिन्न स्थानका प्रहरी चौकी आक्रमण गरेका छन् । रौतहटको बीपी चोकमा प्रहरीको गोली लागेर एक विद्यार्थीको मृत्यु भए लगतै स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको थियो । मधेसी मोर्चाका कार्यकर्ताहरुले आन्दोलनमा प्रहरीले निहत्था सर्वसाधारण जनतामाथि बर्बर दमन गरको भन्दै इलाका प्रहरी कार्यालय गंगापिप्रा, कटहरिया र बंकुलमा आक्रमण गरेका छन् । आज विहानै कर्फ्यू हटेलगत्तै मोर्चाका कार्यकर्ताहरुले ठाउँ-ठाउँमा प्रदर्शन गरेका छन् । आइतबार जिल्ला सदरमुकाम गौरमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर १४ वर्षे किशोरको मृत्यु भएपछि स्थानीय प्रशासनले आइतबार अपरान्ह ४ बजेदेखि लगाइएको कर्फ्यू सोमबार स्थिति सामान्य भएको भन्दै विहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यू हटाइएको थियो । जिल्लाका विभिन्न स्थानका प्रहरी चौकी जलाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले उग्र प्रदर्शन गरेको भन्दै स्थानीय प्रशासनले फेरि सोमबार बिहान साढे १० बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेको हो । Nepalese police shoot and killed a 14 years students at the public rally at BP Chok Rautahat Nepal. Just district administration office Rautahat ruled emergency there for a day.

Labels: BreakingNews, Latest Updates, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State