भ्रस्टाचार कति गरे होलान ?१० करोड धरौटी बुझाएर रिहा भए वन्त
काठमाडौं, पुस ६ - भ्रस्ट भै निलम्बनमा परेका सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त अख्तियार दुरुपयोग अनुुन्धान आयोगमा १० करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएको छ ।
बयान नसकिएका कारण अख्तियारले हिरासतमा राख्ने भएपछि इज्जतको डरले धरौटीमा छुट्न चाहेका वन्तलाई अख्तियारले १० करोड रुपैयाँ मागेपछि वन्तले १० करोडको बैक ग्यारेण्टी बुझाएपछी जेल छुटेको छ ।
बैंक ग्यारेन्टी मार्फत धरौटी बुझाएपछि उहाँ तारेखमा छुटेको र अनुसन्धान चलिरहने अख्तियारका प्रवक्ता कृष्णहरी पुष्करले जानकारी दिएको छ । सशस्त्र प्रहरीका विभिन्न युनिटमा सामान ढुवानी गर्दा नक्कली कम्पनी खडा गरि करोडौं रुपैयाँ हिनामिना गरेको भेटिएपछि अख्तियारले वन्तलाई निलम्बन गर्न सरकारलई सिफारिस गरे पछि सरकारले वन्तलाई निलम्बन गरेर दुर्जकुमार राईलाई सशस्त्र प्रहरीको कायममुकायम महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्बन्धी ऐन २०४८ अनुसार अख्तियारले कुनै पनि आरोपिलाई बयानका लागि आफ्नो हिरसातमा राख्न वा उसलाई धरौटीमा छाड्न अधिकार छ ।



0 comments
Write Down Your Responses