खुर्सानीका गुलिया गुणहरु, खुर्सानी सेवनका ७ फाईदा
काठमाडौं । पीरो खुर्सानीले अचार, तरकारीलाई स्वादिलो बनाउँछ । हामी धेरैले खुर्सानी स्वादका लागि नै प्रयोग गर्ने गरेका छौं । जिब्रोको स्वादका लागि हाम्रो भान्छामा प्रवेश गर्ने खुर्सानीका लाभदायक गुणहरु पनि छन्, जुन हामी धेरैलाई थाहा नहुँन सक्छ । आज हामी त्यहि पिरो खुर्सानीका केहि गुणका चर्चा गर्दै छौं ।
१. हरियो खुर्सानी मा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । भिटामिन सीले अरु भिटामिनलाई शरीरमा राम्ररी पचाउन सघाउँछ ।
२. यो एन्टी–अक्सिीडेन्टका राम्रो माध्यम हो ।
३. हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुन्छ । जसले पाचन क्रिया सुचारु गर्न मद्दत पुर्याउँछ ।
४. भिटामिन ए भरपूर भएको हरियो खुर्सानीले आँखा तेजिलो र छाला चम्किलो बनाउँछ ।
५. कति अध्ययनले हरियो खुर्सानीले ब्लड सुगर कम गर्ने पत्ता लगाएका छन् ।
६. हरियो खुर्सानीमा क्याप्साइसिन नामक एक तत्व पाइन्छ जो प्रोस्ट्रेट क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ ।
७. यसमा रहेको तत्वले छाला सफा बनिरहन्छ । डन्डीफोर आउन दिँदैन ।



0 comments
Write Down Your Responses