• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, Latest Updates, News, Politics » तीन पूर्वआईजी पनि भ्रष्टाचारमा तानिए
तीन पूर्वआईजी पनि भ्रष्टाचारमा तानिए

काठमाडौँ १३ पुष । फर्जी बिलभर्पाईका भरमा सामान ढुवानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका थप तीनजना पूर्वआईजीसँग आइतबार बयान लिएको छ । भ्रष्टाचारमा संलग्न रहेको आरोपमा पूर्वसशस्त्र प्रहरी प्रमुख सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र वासुदेव ओलीसँग बयान लिइएको हो।बयानपछि अख्तियारको थुनामा नबस्ने प्रयोजनका लागि तीनैजनासँग १० करोड रुपैयाँ धरौटी माग गरिएको थियो। अख्तियार प्रवक्ता कृष्णहरि पुष्करका अनुसार पूर्वआईजीपी बस्नेतसँग आठ करोड रुपैयाँ, श्रेष्ठसँग एक करोड र ओलीसँग ७० लाख रुपैयाँ धरौटी मागिएको हो। 

पुष्करले तीनैजनाले धरौटीबापत बैंक ग्यारेन्टी राखेको बताए। उनीहरू बिहान ११ बजे अख्तियारमा बयानका लागि पुगेका थिए। अख्तियारका अनुसन्धान अधिकृतले तीनजनासँग दिनैभरि बयान लिएका थिए। बयानपछि धरौटी तारिखमा राख्न उनीहरूसँग रकम र जेथाजमानत माग भएको थियो। धरौटी रकम नबुझाएमा बयान नसकिँदासम्म अख्तियारकै हिरासतमा राख्ने पूर्वतयारी थियो। बस्नेतका लागि धरौटीबापत नेपाल इन्भेस्टमेन्ट बैंक, श्रेष्ठका लागि नेसनल डेभलपमेन्ट बैंक र ओलीका लागि कुमारी बैंक जमानत बस्न तयार भएपछि तीनैजना हिरासतमा बस्नु नपर्ने भएको हो। साँझ ७ बजे धरौटीबापत बैंक ग्यारेन्टी राखेर उनीहरू अख्तियारबाट बाहिरिएका थिए। उनीहरूमाथिको बयान भने जारी छ।

मुलुकभरका सशस्त्र प्रहरी युनिटमा बन्दोबस्तीलगायतका सामान आपूर्तिमा घोटाला भएको आरोपमा सशस्त्र प्रहरीका बहालवाला आईजीपी कोषराज वन्तसँगै उनीहरुविरुद्ध पनि अख्तियारमा उजुरी परेको थियो। छानबिनका क्रममा नक्कली बिलभर्पाईका आधारमा सामान आपूर्ति भएको देखिएपछि तीनैजनालाई बयानमा डाकिएको थियो । कतिपय कम्पनीसमेत फर्जी फेला परेको छ । सामान खरिदमा सार्वजनिक खरिद ऐनअनुरूपको कानुनी प्रक्रिया पनि अपनाइएको छैन। अनियमितताकै आरोपमा छानबिनपछि वन्तसँग १० करोड रुपैयाँ धरौटी रकम मागिएको थियो। अख्तियार स्रोतका अनुसार बयानका क्रममा वन्तले उनीहरूलाई पनि अनियमिततामा पोलेका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
agency 

Labels: BreakingNews, Latest Updates, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State