एम्बुलेन्स दुर्घटना हुँदा ३ को मृत्यु
इलाम, १३ पुष । इलाममा विरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा तीन जनाको दुर्घटनास्थलमै ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाबाट बिरामी लिएर पाँचथरतर्फ आउँदै गरेको सो एम्बुलेन्स सोमबार बिहान करिब साढे चार बजे दुर्घटना हुँदा पाँचथर फिदिमका आनन्द अधिकारी, रेनुका अधिकारी र नरीमाया चौहानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका एम्बुलेन्स चालक गेहनाथ प्रसाईं र अर्का टीकाराम अधिकारीलाई उपचारका लागि झापातर्फ लगिएको प्रहरीले जनाएको छ ।
मे१च १७४७ नंको जनमैत्री सेवा संस्था, पाँचथरको एम्बुलेन्स मेची राजमार्गअन्तर्गत गोदक–४ घट्टामा सडकबाट करिब तीन सय ५० मिटर तल पल्टिँदा उक्त हताहती भएको हो । दुर्घटनामा परी चालक नै गम्भीर घाइते भएका कारण दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।



0 comments
Write Down Your Responses