• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
international news, Latest Updates, News, Photo » नवलपुर घटनापछि मोर्चाको आमसभा स्थगित
नवलपुर घटनापछि मोर्चाको आमसभा स्थगित

रौतहट —बाराको निजगढमा हुने संघीय लोकतान्त्रिक मधेसी मोर्चाको आमसभा स्थागित भएको छ। बन्द, हडताल र नकाबन्दीलाइ जारी राख्दै आन्दोलनलाई थप उचाइमा पुर्याउन मोर्चाले राजमार्ग केन्द्रित आमसभा गर्दै आएको सन्दर्भमा शुक्रबारका लागि तय भएको आमसभा स्थगित गरिएको हो।
बिहीबार सर्लाहीको नवलपुरमा आयोजना गरिएको आमसभाका क्रममा चुरेभावरसँग झडप हुने सम्भावना टार्न प्रहरीले राजमार्गमा अनपेक्षित रुपमा बल प्रयोग गरेको थियो। त्यहाँको झडपमा गोली लागी ८ जना घाइते भएका थिए। प्रहरीले गाेली चलाएपछि तितरबितर भएका माेर्चा कार्यकर्ताले राष्ट्रिय मानव अधिकार अायाेगकाे गाडी अागजनी गरेका थिए। उनीहरूले जिल्ला प्रशासन कार्यालय सर्लाही र भन्सार स्थित सशस्त्र प्रहरी पाेष्टमा पनि पेट्राेल बम फ्याँकेका थिए।
पछिल्लो समय सवारी साधन असुरक्षित भएको भन्दै सरकारले राजमार्गमा सुरक्षा बढाएको छ।

मोर्चाको राजामार्गको आन्दोलन बिथोल्न सरकारले कहिले चुरे भावर पठाएको त कहिले प्रहरी परिचालन गरेकाले बाराको निजगढमा हुने भनिएको आम सभा मोर्चाले स्थगित गरेको सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले बताए।

'लामो समयदेखिको शान्तिपूर्ण आन्दोलन कमजोर बनाउन राज्यले दुई समुदायबीच लडाउन खोजेको' सुमनले बताए, 'हामी एक अर्काबीचको सद्भाव कायम राख्छौं, सदभाव बिग्रिन नदिन मोर्चाले सम्यमता अपनाएको हो।'

बीरगञ्ज नाकामा केन्द्रित आन्दोलन कमजोर बन्दै गएकाले त्यसलाई उठाउन मोर्चाले निजगढमा आमसभा स्थगित गरेको तराइ मधेस लोकतान्त्रिक पाटीका महामन्त्री जितेन्द्र सोनलले उल्लेख गरे। 'बीरगञ्ज नाका अवरुद्ध पारेर धर्ना बसेका आन्दोलनकारीमाथि पटकपटक आक्रमण गरेर आन्दोलन कमजोर पार्न खोजिएको छ' तमलोपा महामन्त्री सोनलले भने 'त्यसलाई सशक्त पार्न आमसभा स्थगित गरेका हौं।'

नेपालको संविधान २०७२ ले मधेसी जनताको माग नसमेटेको भन्दै मोर्चा तीन महिनाभन्दा बढी समयदेखि आन्दोलित छ। यो आन्दोलनमा पछिल्लो समय अन्य घटकहरु पनि समावेश भएका छन्।
- See more at: http://nagariknews.com/breaking-news/story/49800.html#sthash.shy4tpAT.dpuf

Labels: international news, Latest Updates, News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State