• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Health, Latest Updates » दन्त प्रत्यारोपण सम्बन्धि बिशेस जानकारी
दन्त प्रत्यारोपण सम्बन्धि बिशेस जानकारी


डा. विशालबाबु बस्नेत, धेरैजसो अवस्थामा दाँतको असह्य पीडा सहन नसकेर बिरामीहरू दाँतसँग नै क्रुद्ध हुन्छन् र दाँतको उपचार गराएर बचाउने भन्दा पनि निकाल्ने निर्णय गर्न पुग्छन् । जब पछि दाँतको अभावमा विभिन्न अप्ठेरा र हुन थाल्दछ अनि पछुतो मान्न पुग्छन् । मुख स्वास्थ्य नीति २०७० का अनुसार २०१२/२०१३ मा एक चौथाई जनतामा मुखको डाक्टर र मुखको असहजता विद्यमान रहेको पाइन्छ । प्रकृतिले दिएको हाम्रा दाँत सकेसम्म बचाउनु नै बुद्धिमानी हो ।परन्तु यावत् प्रयासका वावजुद दाँत गुमाई हाल्नुपरेमा भने दाँतको प्रतिस्थापन गर्नु झनै महत्वपूर्ण निर्णय हो ।सर्वप्रथम दाँत गुमाएका विरामीले कृत्रिम दाँत किन राख्नुपर्छ भन्ने जानकारी राखौं । खानालाई चपाउन, बिग्रेको सौन्दर्यलाई सुधार्न, अन्य दाँतलाई थप बिग्रन नदिन, बोल्न हुने अप्ठेरोबाट बच्न कृत्रिम दाँतको आवश्यकता परेको हो । कृत्रिम दाँत राख्ने तरिकाहरु विभिन्न छन् । जस्तैस् सबै दाँत गुमेको बिरामीमा बिरामीको इच्छाले फुकाल्न मिल्ने दाँत, केही दाँत मात्र गुमेको बिरामीमा बिरामीको इच्छाले फुकाल्न मिल्ने दाँत र केही दाँत मात्र गुमेको बिरामीमा बिरामीको इच्छाले फुकाल्न नमिल्ने दाँत । २०१४ मा नेपालको एउटा अस्पतालमा गरिएको अनुसन्धानमा ३३ प्रतिशतले झिक्न मिल्ने अर्ध कृत्रिम दाँत लगाएका, १६ प्रतिशतले झिक्न नमिल्ने अर्ध कृत्रिम दाँत लगाएका र एक प्रतिशतले दुवै खालको लगाएको पाइएको थियो । केही दाँत मात्र गुमेको बिरामीमा बिरामीको इच्छाले फुकाल्न नमिल्ने दाँत अथवा फिक्स्ड दाँतमा पनि दुई विकल्प हुन सक्दछन् । पहिलो र धेरै प्रचलित पद्धति भनेको दाँत नभएको भागको वरिपरि रहेका बाँकी दाँतको सहायतामा राखिने दाँत हो भने दोस्रो विकल्प दाँत नभएको भागको वरिपरि रहेका बाँकी दाँतलाई नचलाईकन हाडमै प्रत्यारोपण गरिने अथवा इम्प्लान्ट दाँत । दन्तविज्ञानको इतिहासलाई हेर्ने हो भने इम्प्लान्टको इतिहास पुरानो छ । मान्छेको सभ्यतामा दाँतको उपचारको विकासक्रममा पहिलो विधा दाँत निकाल्ने अर्थात् ओरल सर्जरी हो भने दोस्रो चाहिँ इम्प्लान्ट हो । पुराना अवशेषको उत्खनन र अनुसन्धानले इसाको ६ सय वर्ष अगाडि नै त्यस बेलाका मानिसले इम्प्लान्ट दाँतको एक किसिमको आविष्कार गरिसकेका थिए । यति पुरानो विधाको प्रवर्धन र व्यापकीकरण भने सुस्त भएकोले पछि फेरि आधुनिक दन्तविज्ञानमा यसको अर्कै ढंगले विकास हुन थालेको हो । डेन्टल इम्प्लान्ट शल्यक्रियाद्वारा हाडमा राखिने टिटनियम नामको धातुबाट बनेको वस्तु हो । जुन सरल तरिकाले प्रत्यारोपण गर्न मिल्दछ । यसको उपयोग गर्दा वरिपरि रहेका मजबुत दाँतलाई घटाउनु, मिलाउनु पर्दैन जबकि अर्को विकल्पबाट फिक्स्ड दाँत राख्दा छेउका दाँतलाई तोकिएको मापदण्डमा घटाउने गरिन्छ । इम्प्लान्टको सहायतामा कृत्रिम दाँत राखिसकेपछि यसमा लाग्ने दबाब हाडमा प्रतिक्षेपित हुन्छ र अन्य दाँत यस्तो दबाबबाट बच्दछन् । यो प्राकृतिक दाँतजस्तै स्वतन्त्र उभिएको हुनाले दाँतको वरिपरि सरसफाई गर्न पनि सहज हुन्छ भने हेर्दा पनि आकर्षक देखिन्छ । डेन्टल इम्प्लान्ट उपचार गर्न सबै वा केही दाँत नभएका ९सानो उमेरबाहेकका० सबै लिङ्ग, पेशा, वर्ग, उमेर वा आर्थिक अवस्थाका बिरामीमा मिल्दछ । तर हाड खिइने रोग, अनियन्त्रित उच्च रक्तचाप वा मधुमेहका बिरामीमा सतर्कता अपनाउनु पर्दछ । धुम्रपानका अम्बलीमा पनि यो सफल नहुन सक्दछ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका बिरामीलाई आर्थिक बाधा हुने कुरा नकार्न सकिदैन किनभने इम्प्लान्ट अलिक महँगो छ । हाडसम्बन्धी रोगको लागि औषधि सेवन गरिरहेका बिरामीको लागि पनि अन्य उपाय अपनाएर मात्र यो शल्यक्रिया गर्न मिल्दछ । केही बिरामीमा कुनै पनि कृत्रिम दाँत राख्नै नसकिने पनि हुन्छ जस्तै च्यापुबीचको विश्राम अवस्थाको दुरी एकदमै कम वा एकदमै धेरै भएका बिरामी यिनीहरूमा पनि अरु सुधार नगरिकन इम्प्लान्ट दाँतको बारे सोच्नु व्यर्थ हुन सक्दछ । हामीमध्ये धेरैलाई यो प्रश्न उठ्नु स्वभाविक हो कि डेन्टल इम्प्लान्ट किन विशिष्ट छ रु दन्तचिकित्सकको हैसियतमा सोच्दा बिरामीको उच्चतम र अत्याधुनिक उपचार हाम्रो कर्तव्य हो । यसैले यदि विरामीले हरेक तरिकाले रुचाउँछ भने सबैभन्दा राम्रो उपचार किन नगर्ने भन्ने सवाल पनि उत्तिकै महत्वपूर्ण छ । अगाडि भनिएझैं अरु विकल्पमा छँदाखाँदाको दाँतलाई मिलाउनु पर्ने हुन्छ । यसरी मिलाउने क्रममा दाँतको इनामेल, डेन्टिन आदिमा नचाहेर पनि क्षति हुन्छ र यिनीहरूमा किरा लाग्ने सम्भावना बढी हुन्छ । अरु विकल्पका कृत्रिम दाँतले दबाब वा भार अन्य प्राकृतिक दाँत, गिजा वा नरम तन्तुमा प्रक्षेपण गर्छन्, डेन्टल इम्प्लान्टले यस्तो भार सोझै हाडमा प्रक्षेपण गर्न सक्छ जुन दिर्घकालका लागि उचित र चिरन्जीवी हुन्छ । अरु विकल्पका कृत्रिम दाँतमा यिनीहरू परस्पर गाँसिएका हुने हुँदा हेर्दा अनाकर्षक लाग्न सक्छन् भने डेन्टल इम्प्लान्ट स्वतन्त्र दाँत जसरी उभिएकोले आकर्षक हुन्छ । यिनै विशेष गुणहरूले गर्दा इम्प्लान्ट दाँत अलि विशिष्ट छ । 
दन्त प्रत्यारोपण उपचार किन महँगो छ त ? 
यो खर्चिलो हुने केही कारणहरू छन् । हाडमा प्रत्यारोपण गर्नुपर्ने जराभाग टिटानियम नामक अत्यन्त महँगो पदार्थबाट बनेको हुन्छ । डेन्टल इम्प्लान्ट प्रत्यारोपण गर्न विशेष औजार चाहिन्छ । प्रत्यारोपण गर्नुअघि हाडमा ठाउँ बनाउने औजार महँगा हुन्छन् र फेरिरहनुपर्ने खालका हुन्छन् । यो एक सघन उपचार हो । सबै दन्तरोग विशेषज्ञ यसमा निपुण हुन्छन् भन्ने छैन । यससम्बन्धी पर्याप्त तालिम लिएका यसकै विधामा स्नातकोत्तर गरेका विशेषज्ञहरूले मात्र गर्छन् । डेन्टल इम्प्लान्टका उपचार एकैचोटि सकिने प्रकृतिको हुँदैन । यसका विभिन्न चरणहरू छन् । बिरामी पहिलो दिन आउँदा परिक्षण, नापजाँच, निदान, सरसल्लाह, एक्स रे आदि गरिन्छ भने दोस्रो पल्ट बल्ल शल्यक्रिया गरेर जराभाग प्रत्यारोपण गरिन्छ । फेरि एक्स रे लिएर हेरिन्छ । सम्भावना रहेमा आवश्यकता हेरी अस्थायी कृत्रिम दाँत स्थापना गरेर विरामीलाई पठाइन्छ । ३ देखि ५/६ महिना समय पुगेपछि जराभागमाथि राख्नुपर्ने दोस्रो भाग स्थापना र यसको उचित मिलान गरिन्छ । यसको नापो लिइन्छ र प्रयोगशालामा पठाइन्छ । केहि दिनमै कृत्रिम दाँतभाग ल्याबबाट प्राप्त हुन्छ जसलाई सिमेन्ट वा पेचको सहयोगमा जराभागमा जोडिन्छ । डेन्टल इम्प्लान्टका उपचारमा ख्याल राख्नुपर्ने केही कुराहरू छन् । विरामीले निर्देशन दिएका औषधि (शल्यक्रिया अगाडि र पछाडि) खानुपर्दछ । वर्जित गरिएका खानेकुरा केहि समय खानुहुँदैन । सुर्तीचुरोट सेवन गर्नुहुँदैन । यदि समस्या परेमा समयमा सम्पर्क गर्नुपर्दछ । अति दबाब हुने गरी कडा ओखर, सुपारी, हड्डी टोक्नु लाभप्रद होइन । सधै जसरी नै दाँतको सरसफाइ गरिरहनुपर्छ । हरेक वर्ष कम्तिमा एक पटक चिकित्सकलाई भेटेर परिक्षण गर्नु उपयुक्त हुन्छ । मनन गरौँ, डेन्टल इम्प्लान्ट पनि अन्य उपचार जस्तै एउटा उपचार हो । यदि जराभागको उपयुक्त छनौट र दक्ष विशेषज्ञबाट शल्यक्रिया भएमा अरु विकल्पभन्दा यो बढी नै टिक्छ । उपचारको छनौट गर्दा हामीले जहिले पनि फाइदा र खतराको अनुपात आंकलन गर्ने गरिन्छ । यो दाँतमा मात्र हैन शरीरको सम्पूर्ण उपचारमा लागू हुने नियम हो । फाइदा बढी भएको उपचार छनौट गर्ने चिकित्साविज्ञानको धर्म हो । यसैले आर्थिक रुपले सुरुमा उच्च लागे तापनि कालान्तरमा अरु खालका उपचारपछिका समस्याहरू समेतलाई जोड्दा यो सरल र सस्तो हुन जान्छ । - लेखक डा. बस्नेत हाल समाज डेन्टल अस्पताल, नयाँ बानेश्वर र मेरिडियन हेल्थ केयर सेन्टर, महाराजगंजमा आवद्ध हुनुहुन्छ ।

Labels: Health, Latest Updates

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State