सरकारसंग वार्ताको औचित्य सकिए-मधेशी मोर्चा-राजेन्द्र महतोलाई कसरि पिटे भिडियो
काठमाडौं, १३ पुष । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुबीच मधेशी मोर्चाको माग सम्बोधन गरि मुलुकलाई निकास दिने विषयमा छलफल भइरहेको बेला आफ्ना नेता माथि प्रहरी आक्रमण भएको भन्दै आन्दोलनरत मधेशी मोर्चाले वार्ताको औचित्य सकिएको बताएको छ ।
संघीय सीमांकनको विषयलाई लिएर साढे चार महिनादेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन विधेयकमा केही भाषा परिवर्तन लगायतका विषयमा तीन दलका शीर्ष नेताहरुबीच छलफल भइरहेको बालुवाटार श्रोतले भने जनाएको छ ।
शनिबार विराटनगरस्थित रानी भन्सारमा प्रहरीसँगको झडपमा मोर्चा घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो गम्भीर घाइते भएपछि मोर्चाले वार्ताको औचित्य सकिएको बताएका बेला भइरहेको छलफलमा कांग्रेसका सभापति सुशील कोइराला, एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छन्
https://www.facebook.com/1027934080573288/videos/1079051752128187/
https://www.facebook.com/1027934080573288/videos/1079051752128187/



0 comments
Write Down Your Responses