राजा बिनाको पन्चे सरकारको नेतृत्व वलीले होईन, कमल थापाले गरिरहेको छ-भट्टराई
गोरखा, १३ पुष । देशको परिबर्तनको लागि नयाँ शक्ति निर्माणमा लागेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारको नेतृत्वको केपी वलीले होईन कमल थापाले गरेको बताएको छ । देशको अत्यान्त संबेदनशिल निर्णयमा थापाको निर्णायक भूमिका खेलेको भन्दै केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा थापा उपप्रधान तथा परराष्ट्रमन्त्री भए पनि थापाको निर्देशनमा सरकार चलेकोले ओली नेतृत्वको वर्तमान सरकारलाई थापाले नेतृत्व गरेको टिप्प्णी गरेका हुन् ।
सोमबार मनकामनामा पत्रकार सम्मेलन गर्दै उनले भने , ‘कमल थापाको राष्ट्रिय र अन्तर्राष्ट्रिय मुभ हेर्दा वामपन्थी कम्युनिष्ट भन्नेहरुको सरकारको नेतृत्व कमल थापाले गरेको देखिन्छ ।’
वर्तमान सरकार गैरजिम्मेवार बनेको, सरकारको सम्पूर्ण आधारहरु संघियता बिरोधि भएको आरोप लगाएका उनले ओली सरकारलाई राजा बिनाको पञ्चायती सरकारको संज्ञा पनि दिए ।
संविधान सभा, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका बिरोधी थापा संविधानको व्याख्ता बनेको भन्दै उनले सरकारका पछिल्ला गतिविधिले जनतालाई लज्जाबोध भएको बताए ।
भूकम्पपीडितको दुदर्शा, मधेस आन्दोलन र भारतीय नाकाबन्दीले देश थिलोथिलो भएको बेला सरकार स्वार्थ र सत्ता टिकाउन मन्त्रालय फुटाएर बसेको भन्दै आक्रोश पोखेका उनले दलहरु सरकारमा जान आतुर भएका कारण मधेस आन्दोलन र भारतीय नाकाबन्दी भएको दावी गरे ।



0 comments
Write Down Your Responses