• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Literature, Sports, Tourism » मानसिक स्वास्थ्यलाभका लागि ध्यान र योग
मानसिक स्वास्थ्यलाभका लागि ध्यान र योग

लन्डन– दिनदिनैको तनाव र दौडधुपका कारणले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रभावित पार्न सक्छ । शारीरिक र मानसिक स्वास्थ्यले पार्ने दीर्घकालीन असर कस्तो हुन्छ भन्नै पर्दैन तर खुसीको कुरा के छ भने केही विशेषज्ञहरुले भनेअनुसार गर्ने हो भने मानिसले आफ्नो फुर्ति ज्यूँका त्यूँ त राख्ने नै भयो शरीर र दिमागमा नयाँ ऊर्जा भर्न पनि सक्छन्।
विशेषज्ञहरुले ध्यान, योग र आफ्नो पुरानो दैनिकी फेर्ने हो भने यसो गर्न सम्भव भएको बताएका छन् ।दक्षिण  क्यालिफोर्नियामा बिहीबार केही मानिसहरु सबेरै पाँच बजे निद्रालाई पाखा लगाउँदै समुद्र तटमा भेला हुन्छन् । भेला भएका यी सबै नाउमा योग गर्न जम्मा भएका हुन् ।

नाउमा गरिने योग जम्माजम्मी ४५ मिनेटको हुन्छ । यसमा गहिरो श्वास लिने र छोडने क्रिया गरिन्छ । यसपछिको दुई घण्टासम्म उनीहरु डेब्रेकर नामक एक किसिमको तीव्र संगीतमा उफ्रीपाफ्री गर्ने कार्यक्रममा सहभागी हुन्छन् ।

यहाँ देखिने उफ्रीपाफ्री हेर्दा गर्मीयामको छुट्टीमा केटाकेटीहरुले गर्ने मस्ती सम्झाउन सक्छ तर यसमा सहभागी केही मानिसहरु भने महिनामा दुई पटक आफ्नो दैनिक काम सुरु गर्नुअघि यसरी उफ्रनुलाई सौभाग्य नै ठान्छन् । डेब्रेकरको अर्थ बिहान तपाईंले पाउने त्यो गतिशीलतासँग सम्बन्धित छ, जुन तपाईंले आफ्नो दैनिकी सुरु गर्न चाहनुहुन्छ ।

यो चलन लस एन्जल्सको मात्र भने होइन । यसको सुरुवात त न्युयोर्क सहरको युनियन स्क्वायरको कफी पसलमा भएको थियो । दुई वर्षभित्रै यो सोच संसारका आठ प्रमुख सहरहरुमा फैलियो । तेल अभिभ, लण्डन र साओ पाउलो तीमध्ये प्रमुख हुन् ।

लस एन्जल्स सहरमा ३० डलर तिरेर तपाईं योग अभ्यास र डान्स पार्टी दुवैमा सहभागी हुन सक्नु हुन्छ ।
- See more at: http://nagariknews.com/health/story/47425.html#sthash.v1fgIrZd.dpuf

Labels: Articles, Literature, Sports, Tourism

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State