• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
News » दैनिक डेढ लाख लिटर पेट्रोल भित्रिन्छ, काठमाडौ धेरै ट्राफिक जाम
दैनिक डेढ लाख लिटर पेट्रोल भित्रिन्छ, काठमाडौ धेरै ट्राफिक जाम


पर्सा (ठोरी)– 'तेल र ग्यास चाहिएको छ? यदि चाहिएको छ भने ढिलो नगरी ठोरी जानुस्', तनहुँका दिलबहादुर गिरी यही सुनेर ग्यास र डिजेल लिन पर्साकाे ठोरी नाका पुगे।


मधेसी मोर्चाको आन्दोलन र भारतले गरेको नाकाबन्दीले इन्धन, ग्यास लगायतका अत्यावश्यक वस्तुको अभाव भइरहेका बेला गिरीलाई गाउँकै छिमेकी र सञ्चार माध्यमबाट ठोरी नाका बन्द नभएको सुने। चाहिने जति सामान पाइन्छ भन्ने सुनेपछि गिरी ठोरी पुगेका थिए। कस्ताे रहेछ त स्थिति? 'जे सुनेका थिएँ, ठोरीमा त्यही पाएँ', उनले सुनाए।


नाकाबन्दीपछि नेपाली चुल्हो यही नाकाबाट बलिरहेको उनकाे अनुमान छ। खाना पकाउन, साना सवारी साधन चलाउन निकै गाह्रो भइरहँदा साथीभाइले नै ठोरीबाट ल्याउन सल्लाह दिएपछि तनहुबाट मंगलबार गाउँकै ७ जना मिलेर २० हजारमा मिनी ट्रक भाडामा लिएर गिरीसहित ठोरी आएका थिए।


'हामी सातै जना ग्यास, डिजेल र पेट्रोल भाडा गरेका गाडी भरी नै राखेर जाँदै छौं,' उनले भने,' नाका बन्दीले हाम्रो जन जीवन अस्त व्यस्त बनेको थियो। महँगो भएपनि यहाँ आउँदा सबै थोक किन्न पाउदा खुशी लाग्याे।'



तनहुँका गिरी त उदाहरण मात्र हुन्। इन्धन र ग्यास खोज्ने उनी जस्तै धेरै सर्वसाधारणदेखि व्यापारीसम्म आफैँ ठोरी पुग्ने गरेका छन्। पर्सा सदरमुकाम बीरगन्जबाट झण्डै ७० किलोमिटर पश्चिम उत्तरी भोगमा पर्ने ठोरी नाकामा भारतीयहरुले नै अवैध रुपमा दैनिक लाखौं लिटर इन्धन बेचिरहेका छन्। 

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State