जिएमआरको कार्यालयमा बम बिस्फोट
पुस २२, काठमाडौं- भारतीय निर्माण कम्पनि जिएमआरको ललितपुर चाकुपाटी स्थित कार्यालयमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ। पेट्रोल बम प्रहारबाट कार्यालयका झ्यालका सिसा फुटेको महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआईजी प्रतापसिंह थापाले बताउनु भएको छ।
कार्यालयको पर्खाल बाहिरबाट अज्ञात समूहले पेट्रोल बम फालेका थिए। जिएमआरले नेपालमा माथिल्लो कर्णली ९ सय मेगावाट र ६ सय मेगावाटको मथिल्लो मर्स्याङदी २, निर्माण गरिरहेको छ।



0 comments
Write Down Your Responses