क्यान ईन्फोटेक प्रदर्सनी हुँदै, ४ लाखले अवलोकन गर्ने अपेक्षा
काठमाडौं, २८ पुष । सूचना र प्रविधिका बारेमा जानकारी दिन बार्षिक रुपमा आयोजना गरिँदै आएको क्यान ईन्फोटक प्रदर्शनी यो वर्ष पनि शुरु हुने भएको छ ।
कम्प्यूटर एसोसियन नेपाल महासंघ क्यानले मंगलबार पत्रकार सम्मेलन गरी आउँदो माघ १४ गतेदेखि १९ गते सम्म काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा क्यान ईन्फोटेक प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको छ ।
विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिका बारेमा जानकारी
दिने उद्देश्यले २१ वर्ष देखि बार्षिक रुपमा मेलाको आयोजना गर्दै आएको महासंघले यस वर्ष पनि क्यान ईन्फोटेक प्रदर्शनी गर्न लागेको हो ।
यस पटकको मुख्य नारा ‘सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसियसन विथ हुवावे’ रहेको यस प्रदर्शनीमा विभिन्न एक सय ७५ वटा प्रदर्सनी स्टल रहने महासंघ सचिव विश्व राम बलामीले जानकारी दिएको छ । अघिल्लो वर्ष करिब साढे तीन लाखले प्रदर्शनीको अवलोकन गरिएकोमा यस वर्ष करिब चार लाख जनाले अवलोकन गर्ने अपेक्षा पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।



0 comments
Write Down Your Responses