पेट दुखेर अल्सर त भएन ? अल्सरको कारण, लक्षण र सरल उपचार(भिडियोसहित)
पुस २८, काठमाडौं, पेटको अल्सर पाचन प्रणालीसँग जोडिएको यो एउटा खास रोग हो । यसमा आमाशय, खाने नली या सानो आन्द्राको सुरुको भाग अर्थात डयुडिनममा एउटा बाहिरि तह हुन्छ ।
बिबिध कारणले ति तह खुइलिएपछी ति भागहरुमा इन्फेक्सन भै घाउ वा प्वाल हुन्छ । ति घाउ वा प्वाल खानाको कारणले लामो समय सम्म निको हुदैन बरु बिस्तार हुन्छ । यस अबस्थालाई अल्सर भानिन्छ । यसको समयमा नै उपचार र खानपानमा हेरविचार भएन भने क्यान्सर समेत हुन्छ ।
१. पेटका अल्सर हुनका कारणहरु
धेरै मानसिक तनाव, चिन्ता, क्रोधमा रहनु, अनियन्त्रित खाना खानु ।
धेरै रक्सी पिउनु, धेरै समय खालि पेट वा भोको रहनु र खाली पेटमा पेन किलर दुखाइ हटाउने दबाइ खाने, अत्याधिक तातो वा चिसो खानेकुरा खानु, अमिलो एसिडिटी बढ्ने चिल्लो पिरो अमिलो खानु
२. पेटको अल्सर का लक्षणहरु
अल्सर भएमा छाती वा नाभीको माथिपटिको भाग पेट कटकटी दुख्छ । खाली पेट वा खाना खाइसकेपछि पनि पेट दुःख्छ, पोल्छ, बेचेनी हुन्छ, उल्टी गर्ने इच्छा हुन्छ, उल्टी भएपछि आराम मिल्छ, बांतामा रगत देख्नु, आन्तरिक रक्तश्राव हुनुको साथै कालो रंगको दिसा आउँछ
३.पेटको अल्सर लागिसकेपछि के के खाने ?
खाना ५-६ पटक थोरै थोरै गरेर खाने । चिसो दुध एक पटकमा एक कप गरेर पटक पटक दिनमा ७-८ पटक खाने । खानामा दुध, दाल, विस्कुट, टोस्ट, भात, मुंगको दाल, साबुदाना, जाउलो, आरारोट,मक्खन खाने । अंगुर, पाकेको केरा, स्याउ, गाँजर खाने । प्रोटिनयुक्त पदार्थ, अण्डा पनिर, दाल आदि खाने ।
४. पेटको अल्सर लागि सकेपछि के के नखाने ?
अत्याधिक तातो, चिसो खानाबाट टाढै बस्ने । खाना एक दुइ पटक मात्र धेरै नखाने । थोरै थोरै बारम्बार खाने कुरा खाइरहने । तातो खाना छिटो छिटो नखाने । पिरो, मसालेदार, चटपटे तरकारी, अमिलो मही र छाछ धेरै नखाने । रक्सी, गाढा रंग हालेको चिया कफी धेरै नखाने । एक पटकमा धेरै दुध नखाने । तारेको भुटेको खाना धेरै नखाने ।
५. रोग निवारणमा सहायक उपाय पेटको अल्सर लागिसकेपछि के के गर्ने ?
खाना निश्चिन्त भएर विस्तारै चपाइ चपाई खाने । शारीरिक र मानसिक रुपमा आराम गर्ने बानी बसाउने । तनाव र चिन्ताा हटाउने र हास्न र खुशी रहन सिक्ने घर बाहिर काम गर्दा गर्दै पेट पोल्न थाल्यो भने २-४ वटा विस्कुट खाने । शरीरिक एवम् मानसिक शिथिलताको लागि शवासन गर्ने पेटको अल्सर लागिसकेपछि के के नगर्ने ? धेरै बेर भोकै बस्नुपर्ने मौका आउन नदिने । व्रतलिन छाडिदिने । मानसिक तनाव र चिन्तामा डुबेर बस्न छोडिदिने राती धेरैबेरसम्म नबस्ने । दुखाइ हटाउने दबाइ आफू खुशी नखाने । दिउँसो सुत्ने बानी नबसाउने । कालो चियाको प्रयोग विल्कुलै नगर्ने ।
अल्सर भएपछी पेटमा कस्तो घाउ हुन्छ भिडियो हेर्नुस -
अल्सर भएपछी पेटमा कस्तो घाउ हुन्छ भिडियो हेर्नुस -





0 comments
Write Down Your Responses