• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, Latest Updates, News, Photo, Videos » ठगीको आरोपमा रेखा प्रहरीको फन्दामा (भिडियो सहित)
ठगीको आरोपमा रेखा प्रहरीको फन्दामा (भिडियो सहित)

पुस २८, काठमाडौं । ‘सिमसिमे पानीमा…’ बोलको गीतबाट चर्चित बनेकी गायिका रेखा शाहलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरीले आइतबार बेलुकी रेखा र उनका श्रीमान इन्द्र गुरुङलाई पक्राउ गरेको हो । शाह दम्पत्तीले क्यासिनोमा जुवा खेल्न सन्दिपराज काफ्ले नामका व्यक्तिलाई पैसा लगानी गरेको प्रहरीले जनाएको छ । काफ्लेका बुवा सुवासराज काफ्लेले शाह दम्पत्तीबाट आफूलाई धम्की आएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । 

शाह दम्पत्तीविरुद्ध उजुरी परेपछि महानगरीय प्रहरी परिसरले शाह दम्पत्तीलाई कार्यालयमै बोलाएको थियो । कार्यालयमा पुगेका शाह दम्पत्तीलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । रेखासित व्याजमा लिएको पैसा तिर्न नसकेका सन्दिपराज सम्पर्कविहीन भएपछि रेखाले बुवा सुवासराजसित ताकेका गरेका थिए । सन्दिपलाई ऋण दिएको ७३ लाख रुपैयाँ बराबरको चेकको अधकट्टी रेखासित छ ।

Labels: BreakingNews, Latest Updates, News, Photo, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State