• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
international news, Latest Updates, News, Photo » बेलायतमा चार दसककै ठुलो आदोलन-५० हजार डाक्टरहरु सरकारको बिरोध गर्दै
बेलायतमा चार दसककै ठुलो आदोलन-५० हजार डाक्टरहरु सरकारको बिरोध गर्दै

पुस ३०, काठमाडौं, शुल्क र कार्य अवस्थाको विवादलाई लिएर बेलायतका हजारौ कनिष्ठ चिकित्कसले मंगलबार आफ्नो काम रोकेर प्रदर्शनमा उत्रिएका छन् । चिकित्सकहरुको आन्दोलन ४० वर्षपछिकै पहिलो ठूलो आन्दोलनभएको न्युज एजेन्सीले जनाएको छ । सरकारको शुल्क र कार्य तालिका योजनाको बिरोध गर्दै ५० हजार कनिष्ठ चिकित्सक २४ घन्टे आन्दोलनमा सहभागी भएका छन् । 

सरकारको नीतिले बिरामीलाई खतरामा पारेको चिकित्सकहरुले तर्क गरेका छन । उता साप्ताहिक विदाको समयमा पनि सेबा दिन राष्ट्रिय स्वास्थ्य सेबालाई अझै बढी लचिलो बनाउनु पर्ने सरकारको भनाई छ । आन्दोलनका कारण बेलायतका ४ हजार शल्यक्रिया र आउटप्यासेन्टको उपचार प्रभावित भएको छ । प्रधानमन्त्री डेभिड क्यामरुनले आन्दोलन स्थगन गर्न चिकित्सकहरुसँग आग्रह गर्नु भएको छ । 

स्वास्थ्यमन्त्री जर्मी हन्टले आन्दोलनकारीलाई वार्ताको टेबुलमा बसरे सरकारसँग नयाँ वार्ता गर्न आग्रह गरेका छन् । विविधि समस्याका बाबजुद पनि बेलायतमा स्वास्थ्य सेबालाई एउटा बहुमुल्य संस्थाको रुपमा लिइन्छ । ‘स्वास्थ्य सेबालाई बचाउन आवश्यक छ । उनीहरुले सुनेका छैनन् । तर हामीले केही भन्न आवश्यक छ,’ लेखिएका प्लेकार्ड र पोस्टर बोकर प्रदर्शनकारी चिकित्सकहरुले बिहानै देखि बेलायतभरका अस्पताललाई घेरेका थिए । ग्रेट अरमोन्ड स्ट्रिट अस्पतालमा अस्पताल घेराउमा सहभागी ३४ वर्षीय नाडिया मासुदले सरकारले असल विश्वासका साथ वार्ता नगरेको आरोप लगाए । चिकित्सकको आन्दोलनले सबैको ध्यान तानेको पनि उनले बताए ।
-एजेन्सी 

Labels: international news, Latest Updates, News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State