• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, News » गोप्य बैठकका लागि पूर्व राजा ज्ञानेन्द्र थाईल्याण्ड हुदै भारत जाने-दलहरुमा शंका उब्जियो
गोप्य बैठकका लागि पूर्व राजा ज्ञानेन्द्र थाईल्याण्ड हुदै भारत जाने-दलहरुमा शंका उब्जियो

३० पुस, काठमाडौं, पूर्वराजा ज्ञानेन्द्रले थाइल्यान्ड भ्रमण गर्ने तयारी गरेका छन् । करिब एक महिनाअघिदेखि थाइल्यान्ड बस्दै आएकी पूर्वरानी कोमल र आफ्ना अति निकट बालसखा प्रभुशमशेर जवारा, राजी शाह, कोमलका भाइ उदय शमसेर र बुहारी रोशनी राणासँग भ्रमण गर्न भन्दै पूर्वराजा ज्ञानेन्द्र थाइल्यान्ड जान लागेको बताइएकाे छ । पछिल्लो समयमा देशको अवस्थाबारे चिन्ता ब्यक्त र दल र नेताहरुप्रति असन्तुस्टी जनाउँदै आएका ज्ञानेन्द्रले थाइल्यान्ड बसाइका क्रममा विभिन्न राजनीतिज्ञसँग भेटवार्ता गर्ने बताइएको छ । 

भेटवार्ता थाइल्यान्डका राजनीतिज्ञ नभई बिशेस भारतीय राजनीतिज्ञहरुसँग हुने स्रोतले बताएकोछ । भ्रमण गोप्य राखिएको र ज्ञानेन्द्र थाइल्यान्डबाट भारत जाने निकट स्रोतले जनाएको छ । उनका साथमा बुहारी हिमानी र निजी सचिव सागर तिमल्सिना पनि जाने सम्भावना रहेको छ । 
अाजकाे नेपाल समाचारपत्रमा खबर छ

Labels: BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State