सेतो मन्द बिष "नुन"किन कम खानुपर्छ ? कारणहरु पढ्नुस (भिडिओसहित)
पुस २९, काठमाडौं, नुनको स्वादको राजा हो यसर्थ निश्चय नै नुन बिना आहारा स्वादबिहिन हुन्छ । तर यसले हाम्रो स्वास्थ्यमा राम्रो वा नराम्रो दुवै अर्थ राख्छ । ठिक्क भए औसधी हुन्छ बढी भए बिस ।
यसैले धेरै नुन खाँदा मुटु, फोक्सो, किड्नी र अन्य अंगमा नकारात्मक प्रभाव पार्छ । तपाईलाई लाग्छ होला, थोरै बढी नुनले शरिरलाई केही हानी गर्दैन । नुनले रातारात हानी गर्ने होइन । तर चर्को नुन खाँदा तपाईको शरिरमा विभिन्न तरिकाले हानी गर्न शुरु गरेको हुन्छ । नुनको मात्र धेरै भयो भने असर गर्ने बारे जानौं -
यसैले धेरै नुन खाँदा मुटु, फोक्सो, किड्नी र अन्य अंगमा नकारात्मक प्रभाव पार्छ । तपाईलाई लाग्छ होला, थोरै बढी नुनले शरिरलाई केही हानी गर्दैन । नुनले रातारात हानी गर्ने होइन । तर चर्को नुन खाँदा तपाईको शरिरमा विभिन्न तरिकाले हानी गर्न शुरु गरेको हुन्छ । नुनको मात्र धेरै भयो भने असर गर्ने बारे जानौं -
१. रक्तचाप अत्याधिक बढाउछ
अत्याधिक नुनको मात्राले रगतलाई नै पानी बनाइदिन्छ भन्ने एउटा पुरानो भनाई पनि छ । यसलाई पौराणिक भनाई बताईए पनि यसमा बैज्ञानिक सत्यता पनि रहेको छ । शरिरमा नूनको मात्रा धेरै भएमा नून भिज्न शरिरलाई अत्यधिक पानी वा तरल पर्दाथको आवश्यकता पर्छ । तर्सथ शरिरको कोषले पानीको मात्रा रोकी रगत बढाइदिन्छ । जसका कारण रक्त नली र मुटुको बढी प्रयोग हुन्छ (रगत बढी पम्प गर्नुपर्ने भएकोले ) ।
केही समयपछि रक्तनली साँगुरिन्छ र परिणामस्वरुप उच्च रक्त चाप र ह्दयघात लगायत मुटुसँग सम्बन्धित विभिन्न समस्याहरु उत्पन्न हुन्छन् । नुनको मात्रा घटाउदा उच्च रक्त चाप र मुटुजन्य रोगबाट बच्न सकिने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
२. स्ट्रोकको खतरा
स्ट्रोक र अन्य मुटुसँग सम्बन्धित रोगहरुको मुख्य कारक तत्व उच्च रक्तचाप हो । विकसित देशहरुमा ६२ प्रतिशत स्ट्रोक र ४९ प्रतिशत धमनीसँग सम्बन्धित रोगको प्रमुख कारण उच्च रक्तचाप नै हो । र, रक्तचापलाई खतरनाक तहमा पुयाउने एक मात्र तत्व हो नुन । बढ्दो उमेरसँगै उच्च रक्तचापको पनि उत्तिकै खतरा हुन्छ । तसर्थ नुनमा केही नियन्त्रण गरेमा मुटुसँग सम्बन्धित जुनसुकै रोगबाट बच्न सकिन्छ ।
३. पेटको क्यान्सर
नुनको मात्रा बढी भयो भने पेटको क्यान्सरको पनि उत्तिकै खतरा हुन्छ । नुनमा हुने नाइट्रेटले पेटमा अल्सर हुन्छ । नुनले पेटका सुरक्षित पत्रहरुलाई समेत क्षति पुयाउछ जसका कारण एच पाइलोरी जस्ता व्याक्टेरियाको संक्रमण हुने र सजिलै पेटको क्यान्सर हुने हुन्छ ।
४. हड्डी कम्जोर बनाउछ
अत्यधिक नुनको प्रयोगले शरिरको हड्डीको क्याल्सियम विलिन गराइदिन्छ र पिसाबबाट बाहिर उत्सर्ग गर्दछ । क्याल्सियमको कमीले हड्डी कम्जोर हुन्छ । धेरै नुनिलो खानाका कारण अत्याधिक तनाब हाइपरटेन्सनबाट पीडित हुनुहुन्छ भने तपाइका हड्डीहरु कम्जोर बनाउछ र विभिन्न प्रकारका हाड सम्बन्धी रोगको जोखिममा पर्नुहुन्छ । तपाईको जति उमेर बढ्दै जान्छ हड्डी कम्जोर हुने खतरा पनि त्यति नै बढ्छ । तसर्थ तपाईले जीवनभर बढी नुनिलो खाने कुरा खानुभएको छ भाने हड्डी भाचिने र धुँडाका जोर्नीको समस्याबाट पीडित बन्नुहुन्छ ।
५. किड्नीमा हानी गर्छ
नुनलाई सेतो मन्द बिष पनि भनिन्छ, यो सेतो विषले तपाईको किडनीलाई धेरै तरिकाले हानी गर्छ । अझ तपाईमा अत्याधिक तनाब हाइपरटेन्सन वा सुगर छ भने त धेरै नुन खानु विष बराबरजस्तै हो । तपाइको मृगौलाले शरीरको सम्पूर्ण विकार रगतलाई छानेर शरिरमा सफा रगत मुटु लगायत शरीरको विभिन्न अंगमा पास गर्न निकै धेरै काम गर्नुपर्छ । बढी नुन सेवनका कारण समयवित्दै जाँदा किड्नीमा भएको रक्त कोशिका कम्जोर हुन्छ र विस्तारै किड्नी फेल हुन्छ । धेरै नुनिलो खानाका कारण हुने बोन मेटाबोलिजमले पनि किड्नी फेल गराउछ । कहिले काही नुनको मात्रा घटाए पनि किड्नी फेल हुने मौका कम हुन्छ । तसर्थ रोग लाग्नु भन्दा अगाडि नै सावाधानी हुनुहोस । सानैदेखि नुनको मात्रा कम खानुहोस ।
६. डायबिटिज विगार्छ
डायबिटिज र हाइपरटेन्सन एकअर्काका परिपुरक जस्तै हुन्छ । अत्यधिक नुन सेबनले हाइपरटेन्सन बढाउछ र अन्तमा रगतमा सुगरको मात्रा बढाउछ ।
शरिर झुमल्छ, दिमाग कम्जोर बनाउछः नुनको बढी सेबनले डिमेन्सिअ (भुल्ने रोग) लाग्ने र दिमागको क्षमतालाई निस्कृय बनाउछ ।
७. मोटोपन बढाउछ
मोटोपन र नुनबीच पनि घनिष्ट सम्बन्ध रहेको पाइएको छ । प्राय मोटा मानिसहरले नुनिला खानेकुरा खाने गरेको पनि विभिन्न अध्ययनले देखाएको छ । नुन बढी खाँदा बढी तिर्खा लाग्ने र पानी पिउदा शरिरलाई नै फुलाएको विभिन्न अध्ययनहरुले देखाएका छन् । साथै नुनिलो खाना स्वादिलो हुने भएकोले बढी खाने र मोटोपन बढ्ने अध्यानाले देखाएको छ ।
-यस सम्बन्धि भिडियो हेर्न तल क्लिक गर्नुहोस -
-यस सम्बन्धि भिडियो हेर्न तल क्लिक गर्नुहोस -



0 comments
Write Down Your Responses