• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News » इराकमा दुई वर्षमा १८ हजार सर्बसाधारणको मृत्यु (भिडियोसहित)
इराकमा दुई वर्षमा १८ हजार सर्बसाधारणको मृत्यु (भिडियोसहित)

माघ ६ – बाग्दात, इराकमा चलिरहेको हिंसाका कारण पछिल्लो दुई वर्षमा मात्रै १८ हजार भन्दा धेरै सर्वधारण नागरिक मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । बिद्रोही संगठन इस्लामिक स्टेत तथा अरु बिद्रोही समूह र ती समूह विरुद्ध चलिरहेको कारवाहीको चपेटामा सर्वसाधारण नागरिक परेको राष्ट्रसंघले जनाएको छ ।

पछिल्लो तथ्यांक अनुसार सन् २०१४ को जनवरी १ देखि २०१५ को अक्टोबर ३१ अर्थात २२ महिनाको अवधिमा १८ हजार आठ सय दुई जना नागरिकको हिंसाका कारण ज्यान गएको छ । यस अवधिमा ३६ हजार दुई सय ४५ जना घाइते भएका छन् । राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनमा इराकमा नागरिकमाथिको हिंसाको अवस्था अत्यन्तै नाजुक रहेको उल्लेख छ । 

आइएसले योजनावद्ध रुपमा नागरिकको हत्या गरेको र त्यसमा केही नरसंहार नै रहेको राष्ट्रसंघले जनाएको छ । प्रतिवेदन अनुसार ज्यान जानेको वास्तविक संख्या अझै धेरै हुन सक्छ । आइएसको नियन्त्रणमा रहेका क्षेत्रसम्म पुग्न र त्यहाँको क्षतिको विवरण संकलन गर्न नसिकिएको राष्ट्रसंघले जनाएको छ । इराकमा जारी द्वन्द्वका कारण अहिलेसम्म ३२ लाख भन्दा धरै मानिस विस्थापित भएको तथा हजारौं आइएसको अपहरणमा परेको प्रतिवेदनमा उल्लेख छ । 

यो आंकडाबाट इराकी नागरिक कस्तो अवस्थाबाट छुटकारा पाउनका लागि जोमिख युक्त यात्रा गरेर युरोप प्रवेश गर्न चाहन्छन् भन्ने देखिने संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्च आयुक्त जाइद राद अल हुसेनको भनाई छ । – एजेन्सीको सहयोगमा

इराक युद्धको लाईभ भिडियो हेर्न तल क्लिक गर्नुहोस

Labels: Articles, BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State