• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, News, Videos » गोलि ठोके पनि नो प्रोब्लेम-उपत्यकाभित्र गुण्डाहरुको बुल्लेट प्रुफ ज्याकेट(भिडियोसहित)
गोलि ठोके पनि नो प्रोब्लेम-उपत्यकाभित्र गुण्डाहरुको बुल्लेट प्रुफ ज्याकेट(भिडियोसहित)

काठमाडौं ३० पुस । पाँच महिनाअघि प्रहरी मुडभेडमा मारिएका गुन्डा नाइके कुमार घैंटेका प्रमुख सहयोगी युवारज गुरुङ ‘सानुभाइ’ बुलेटप्रुफ ज्याकेट लगाएर हिडिरहेको अवस्थामा पक्राउ परे । गत २५ पुसमा नुवाकोटको रातमाटे गाविसको महादेवफाँटबाट पक्राउ परेका गुरुङ बुलेटप्रुफ ज्याकेट लगाएर एक राउन्ड गोली लोड गरिएको रिभल्वर बोकेर हिँडिरहेका थिए । प्रहरीसँगको बयानमा उनले ‘शत्रु’ धेरै भएकाले बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गरेको बताएको नुवाकोट प्रहरी प्रमुख डिएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । डिएसपी शाहले भने, ‘कसैले गोली हान्न सक्ने डरले ज्याकेट लगाउने गरेको देखिन्छ ।’ गुरुङले कसैले गोली हान्न सक्ने डरले ज्याकेट लगाएको बताए पनि त्यो डर मुख्यतः प्रहरीकै हो भन्ने बुझ्न गाह्रो पर्दैन । गुन्डानाइकेमाथि प्रहरीले इन्काउन्टर गर्न थालेपछि उनीहरुले बुलेटप्रुफ ज्याकेट लगाउन थालेको छन । प्रहरीले केही आक्रामक कारबाही थालेपछि केही भागेका छन् भने केहीले सुरक्षाका लागि बुलेटप्रुफ ज्याकेट लगाउन थालेका छन् ।अाजकाे नयाँ पत्रिकामा खबर छ । भिडियो हेर्न तल 

Labels: BreakingNews, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State