• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Politics » ओली शैलीप्रति प्रचण्डको आपत्ति
ओली शैलीप्रति प्रचण्डको आपत्ति

माघ १७, काठमाडौँ  । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं सत्तासीन दल एमाओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकल मान्यताबाट निर्देशित भई सरकार नचलाउन र संयन्त्रको विचार र निर्णयलाई सम्मान गर्दै अघि बढ्न आग्रह गरेका छन् । 

ओलीलाई भेट्न शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रचण्डले केही दिनयता ओलीका अभिव्यक्ति र केही कार्यबाट आफूले समेत असहजता भोग्नुपरेकाले अब महत्त्वपूर्ण विषयमा संयन्त्रमार्फत अगाडि बढ्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले कहिले भारत त कहिले चीन जाने कुरा र त्यसका पूर्वसर्तबारे फरकफरक टिप्पणी गरेपछि आफैंलाई त्यसबारे आधिकारिक तथ्य के हो भन्ने स्पष्ट नभएको गुनासो प्रचण्डले गरेका थिए, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Labels: Articles, BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State