अंग दान, कसैको लागि बरदान, सर्बश्रेष्ठ धर्म र पुण्य काम ! अंग दान किन ?
एम बर्तमान राना, माघ ९, काठमाडौं, जीवनका तिन सत्य- जन्म, कर्म र मरण, कसैले रोकेर, छेकेर र आफ्नो सारा सम्पति खर्च गरेर टार्न सक्दैन तर मान्छेहरु सिमित स्वार्थका लागि यति स्वार्थि र निर्दयी हुन्छन कि उ आफु यो संसारमा सधैंको लागि अजर अमर छु भन्ने भ्रम लिएको हुन्छ तर एकदिन आगो पानि माटो हावासंगै क्षितिजमा बिलिन हुन्छ ।
यहा यो सन्दर्भ लेखिरहदा आजको मानब समुदायलाई दिन खोजेको संदेश के हो भने अंग दान, कसैको लागि बरदान, सर्बश्रेष्ठ धर्म र पुण्य कामको हो । भर्खर मात्र नेपाल सरकारले पनि कानुन निर्माण गरेको छ त्यसले अझ अंग दान सम्बन्धि मानब सेवाको बाटोलाई खुकुलो बनाएको छ । यसले रोग, गरिबी, अशिक्षाका कारण अकालमा हुने मृत्युको लागि बरदान बन्ने भएको छ तर जब सम्म मानब मस्तिस्कमा मैले यो पुण्य काम गर्नुपर्छ भन्ने भावना भित्रैबाट पलाउदैन तब सम्म यसले साकार रुप लिदैन । अत सबैलाई यस सम्बन्धि जनचेतना र जागरण ल्याउन आबश्यक छ ।
अंग दान के हो ?
कुनै पनि व्यक्तिको अंग कुनै अर्को व्यक्तिमा प्रत्यारोपण गरि उसको जीवन बचाउनु अंग दान हो । मानिस मर्दछ तर २४ घन्टासम्म उसभित्र रहेको अंग जीवितनै रहन्छ, त्यस अबधिमा उसको आँखा, मृगौला, कलेजो, मुटु, बोन म्यारो आदि अंग झिकी सुरक्षित राखेर अर्को मानिसमा प्रत्यारोपण गर्नु अंग दान हो ।
अंग दान किन ?
मृत्यु पश्चात त ति काम लाग्ने अंग त्यसै पनि खेर जान्छ, वा आगोले डढेर खरानी हुन्छन वा कुहिएर माटो नै हुन्छ तर कसैलाई दान गरे त उसका जीवनको लागि बरदान हुन्छ र सबै भन्द भाबुक र सत्य कुरा त उसका आफन्तलाई मारेर गएका आफन्तलाई पनि उसको अंगको कारण दोस्रो व्यक्तिलाई ममता माया बाडी रहन्छ जसले समुदायलाई भावनात्मक र मानबिय सेवाका लागि बलियो बनाउछ । यसर्थ आजको मानब समुदायले अंगदानलाई सहज सरल सेवाको दृष्टिले बिकास गरिनु पर्छ
कानुनि मान्यता
सरकारले कानुनको निर्माण गरेसंगै अंगदान सेवालले कानुनि मान्यता पाएका छ तर अझै हाम्रो परम्परागत सांस्कृतिक संस्कारका कारण ब्याबहारमा परिबर्तन हुन समय लाग्ने देखिन्छ तर हामीले ति परम्परालाई पर राखेर आजबाट नै चेतनाको बिकास गर्नु जरुरि देखिन्छ ।
human organ transplant awareness article ..
human organ transplant awareness article ..
अंग दान, कसैको लागि बरदान, सर्बश्रेष्ठ धर्म र पुण्य काम !
अंग दान, कसैको लागि बरदान, सर्बश्रेष्ठ धर्म र पुण्य काम !
अंग दान, कसैको लागि बरदान, सर्बश्रेष्ठ धर्म र पुण्य काम !



0 comments
Write Down Your Responses