पत्याउनु हुन्छ ? पेटमा छ मिटर लामो किरा...
माघ १६ एजेन्सी, जापानका एक व्यक्तिलाई विगत दुई वर्षदेखि खान मन लाग्दैनथ्यो, वाकवाकी आउने गर्थ्यो, पेट कटक्क खाने दुख्ने गर्थ्यो । धेरै घरेलु उपचार पनि गरे तर घरेलु उपचारले काम नगरेपछि उनी अन्ततः चीनको हुवेई विश्वविद्यालयको मेडिकल कलेजमा उपचारका लागि गए । अस्पताल पुगेपछि मात्रै उनले आफ्नो पेटमा छ मिटर लामो फित्तेकिरा रहेको चाल पाए ।
समाचारमा उनको नाम भने खुलाइएको छैन।
'अस्पताल पुगेपछि चेकजाँच गर्दा सुरुमा त डाक्टरहरूले उनको शरीरमा त्यस्तो नौलो कुनै कुरा पाएनन् । अन्त्यमा उनलाई केही औषधि दिइयो । त्यसको दुई घण्टापछि उनको मलद्वारबाट छ फिट लामो फित्तेकिरा निस्कियो, जसले बिरामीसहित अस्पतालका सबैलाई चकित बनायो,' बेलायती पत्रिका 'मिरर'ले लेखेको छ । काँचो मासु खाने गर्दा उनको शरीरमा फित्तेकिरा परेको अस्पतालले जनाएको छ ।
भिडियो हेर्नुहोस
भिडियो हेर्नुहोस



0 comments
Write Down Your Responses