• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, News » फेसबुकाले आफ्नै ब्राउजर ल्याउदै
फेसबुकाले आफ्नै ब्राउजर ल्याउदै

माघ १६, एजेन्सी, फेसबुकले आफ्नो मोबाइल एपलाई अझ युजरफ्रेन्ड्ली बनाउँदै गएको छ। त्यसका लागि उसले विशेष ब्राउजिङ सिस्टम ल्याउने तयारी गरिरहेको छ। तत्काललाई मोबाइल एपका लागि उपयोग गरिने सो ब्राउजरको टेस्ट भइरहेको छ। फेसबुकले आफ्नो एपलाई पनि व्यापक सुधार गर्दैै लगेको छ। फेसबुक चलाइरहेका बेला कुनै अर्को वेब पेजमा जानु परेमा एपमा दिएको युआरएल बक्समा वेबसाइट ठेगाना लेखेर जान सकिनेछ। त्यसपछि तपाइँ सिधै सो वेब पेजमा पुग्नुहुनेछ । 

यो फिचरमा अन्य कतिपय विकल्प समेत हुनेछन्। तीमध्ये बुकमार्क तथा फरवार्ड बटन छन्। यो बाहेक तपाइँले खोलेको वेब पेज फेसबुकमा कति लोकप्रिय छ भन्ने कुरा पनि एपले नै देखाइदिनेछ। यसअघि फेसबुकले इन्स्टेन्ट आर्टिकल सर्भिस लन्च गरेको थियो। यसबाट तपाइँले समाचारहरु वेबसाइट भिजिट नगरी नै फेसबुक एपमै पढ्न सक्नुहुनेछ । 

यो पनि लगभग त्यस्तै फिचर हो जसलाई प्रयोग गरी फेसबुक एपबाट अन्य वेबसाइटमा जान सकिन्छ। फेसबुक इन्स्टेन्ट आर्टिकल र नयाँ ब्राउजर जस्ता फिचर्स थपेर प्रयोगकर्तासँग अझ नजिक भइरहने रणनीतिमा लागेको हो। अहिले एप्पलको आइओएस अपरेटिङ सिस्टममा टेस्ट भइरहेको यो ब्राउजरले अन्य चल्तीका ब्राउजरसँग कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने हुनसक्छ।

Labels: BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State