• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Entertainment, Photo » करिश्माले पैसाका लागि मात्र विवाह गरेको सञ्जयको दावी
करिश्माले पैसाका लागि मात्र विवाह गरेको सञ्जयको दावी

माघ २, मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपूर र सञ्जय कपूरको डिभोर्सको केसले नयाँ मोड लिएको छ । बान्द्रा फेमिली कोर्टमा दायर गरिएको एक निवेदनमा करिश्मालाई सञ्जय कपूरले सिर्फ पैसाका लागि आफूसित विवाहको नाटक गरेको बताएका छन् । ‘मुम्बई मिरर’ मा प्रकाशित समाचारअनुसार उक्त निवेदनमा सञ्जयले यस्तो आरोप लगाएका हुन् । करिश्माले अभिषेक बच्चनसँग ब्रेकअपपछि आफूसँग विवाहको नाटक मात्र गरेको दावी गरेका छन् । 

उनले भनेका छन्, ‘करिश्मा कपूर पत्नी, बुहारी आमाको जिम्मेवारी निभाउन असफल भएका छन् । सञ्जयले यस्तो पनि दावी गरेका छन् कि एक समय पनि करिश्माले बच्चाको नाम लिन चाहिनन् । उनले बच्चाको कुरा गर्ने वित्तिकै करिश्मा तर्कने गरेकी उनको दावी छ । करिश्मा कपूर र सञ्जय दुवैले आपसी सहमितमा सम्बन्धविच्छेद गर्न लागेका थिए । तर, नोभेम्बर २०१५ मा अचानक करिश्मा कपूरले सम्बन्धविच्छेदको अपिल गरेकी थिइन् । करिश्मा र सञ्जयले सन् २००३ मा विवाह गरेका थिए । उनीहरुमा एक छोरी समाइरा छिन्, जो २००५ मा जन्मेकी हुन् ।

Labels: Articles, Entertainment, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State