• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Entertainment, Latest Updates, News, Photo » "लेट मी डान्स नेपाल २०७२" को ग्राण्ड फाइनल सम्पन्न-ताज माझीलाई
"लेट मी डान्स नेपाल २०७२" को ग्राण्ड फाइनल सम्पन्न-ताज माझीलाई

प्रथम पुरस्कार लिदै अन्जली माझि 
माघ २, काठमाडौं, त्रिकाल एकेडेमीद्वारा आयोजना गरिएको "लेट मी डान्स नेपाल २०७२" को ग्रान्ड फाईनल सम्पन्न भएको छ । पुस २८ गते रास्ट्रीय नाच घरमा आयोजना भएको सो कार्यक्रम माननीय आपूर्ति मन्त्रि गणेशमान पुनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा १,२२,४६३ भोट ल्याएर झापाको अन्जली माझि प्रथम हुन सफल भएको छ । त्यस्तै ५३,३४३ भोट ल्यार झापाकै अनिशा वली फर्स्ट रनर अप हुनुभएको छ भने सेकेन्ड रनर अप बुटवलकि सपना राना मगर हुनु भएकी छिन । 

त्रिकाल एकेडेमी परिवारका साथमा कलाकारहरु 
प्रथम भएका अन्जली माझीले पुरस्कार स्वरूप दुइ लाख पचास हजार नगद सहित ट्रफी जित्न सफल भएकी छिन । हिजो माघ १ गते त्रिकाल एकेडेमीद्वारा आयोजना गरिएको उक्त "लेट मी डान्स नेपाल २०७२" प्रेस मिट कार्यक्रममा बोल्नु हुदै प्रथम हुनु भएको माझि ले भन्नु भयो -"मैले विश्वसनै गरेको थिएन कि यो ग्राण्ड फाइनल हुन्छ भनेर, थुप्रै यस्ता कार्यक्रम भयो, जो अडिसन गर्ने तर ग्राण्ड फाईनल नभएको र मैले सुनेको पनि थिए कि छमछमी बाहेक अरुहरुले ग्राण्ड फाईनल गर्न सक्दैन भन्ने, र अर्को कुरा देशको अबस्था ज्यादै संकटपूर्ण अबस्थामा थियो, जति बेला हामीहरु नाचिरहेको हुन्थ्यो, क्षणक्षण भुइचालोले हल्लाउथ्यो र नाकाबन्दीका कारण देशका सम्पूर्ण जनताले कस्ट भोगिरहेको अबस्था थियो । यस्तो अबस्थामा कार्यक्रम सम्पन्न गर्नु सार्है चुनौतीपूर्ण थियो । तर चुनौतीको सामना गर्दै आज सफल बनेको छ र जुन सफलता मैले हासिल गरेको छ त्यसले मलाई सफलता मात्र होइन जीवनको सबै भन्दा ठुलो ज्ञान दियको छ जसले मेरा भाबी उद्देश्यलाइ अघाडी बढाउन ठुलो मद्दत गरेको हुनेछ, मैले मेरो कलालाई यति मा मात्र सिमित गर्ने छुइन, अन्तरास्ट्रिय क्षेत्रसम्म मेरो कलालाई पुर्याउने छु जसको लागि यो प्लेट फाम बनाईदिनु हुने त्रिकाल एकेडेमी परिवार र बिशेष छेडुप लामादेखि आभारी छु ।" भन्नु भयो । 

नृत्य प्रस्तुत गर्दै कलाकारहरु 
टप सेभेनको छनौटमा क्रमस चौथो झापाबाट प्रताप सुनुवार, पाचौं धरानबाट केविका खत्री, छैठौं सर्लाहीबाट नबिन बिक, र सातौँ ईलामबाट कमल राई हुनुभएको छ । प्रेस मिटमा बोल्नु हुदै त्रिकाल एकेडेमीका सस्थापक अध्यक्ष छेदुप लामाले सहयोग गर्ने सबैलाई धन्यबाद दिनु हुदै पुन चाडै नै "लेट मी डान्स नेपाल २०७२" सिजन २ सुरु गर्ने बताउनु भयो । 

नृत्यको निर्णय सुनाउदै 
त्यस्तै "लेट मी डान्स नेपाल २०७२" को प्रमुख निर्णायक भुपेन्द्र गुरुङले विश्वको राजनीतिक परिबर्तनहरु सांस्कृतिक क्रान्ति बाटनै भएको कुरा बताउदै नेपालमा सांस्कृतिक नृत्यको बिकासलाई राज्यले वास्ता नगरेको हुदा चाडै नै नेपाल अधिराज्यभर न्रित्यकार संघठन बनाउने निकट भबिष्यमा ५ लाख सदस्य बनाउने र नृत्यको संरक्षण बिकास को लागि काम गर्ने बताउनु भयो, र यसको लागि पत्रकारहरुले पनि आफ्नो ठाउ बाट सहयोग गर्न अनुरोध गर्नु भयो । 

पुस २८ गते रास्ट्रीय नाच घरमा आयोजना भएको सो कार्यक्रममा जय नृत्य, चिम्पोंङ्ग, नाचेर नै बाच्न सक्छौं जस्ता सब्दहरु ब्यापक चर्चा पाएको थियो ।

भिडिओ हेर्न तल क्लिक गर्नु होला -

Labels: Articles, BreakingNews, Entertainment, Latest Updates, News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State