गायक बन्नुहोस, राजेशपायलसँगै गीत गाउनुस् र १० हजार पनि जित्नुस्
पुस ३०, काठमाडौं । गीत गाउने चाहना र क्षमता भएर पनि अवसर नपाएकाहरुका लागि खुसीको खबर यहाहरु माझ आएको छ । गीतकार दर्पण राईले गला कला र क्षमता भएका तर, अवसर नपाएकाहरुका लागि एउटा अत्यान्त राम्रो अवसर र उपाय यहाहरु माझ ल्याएका छन् ।
उनले दिएको अवसर र सिकाएको उपाय अनुसार हिंड्ने हो भने गीत गाएर नगद दश हजार पुरस्कार पनि पाउने, सित्तैमा गीत रेकडिङको अवसर समेत पाईने भएको छ ।
त्यसका लागि सबै भन्दा पहिला युट्युवमा गएर "तिमीले बाटो फेरेउ अरे" बोलको गीतको लिंक खोज्नुपर्छ । त्यस गीतको ट्रयाक भेटिन्छ । उक्त ट्रयाकमा राजेशपायल राई र मेलिना राईको स्वर रहेको "तिमीले बाटो फेरेउ अरे" बोलको गीतको ट्रयाकमा आफुले गाउनु पर्नेछ ।
गीत जुनसुकै उमेर समुहका महिला पुरुष सबैले गाउन सक्नेछन् । आफुले गएको गित आफ्नो मोबईल वा क्यामाराले रेकर्ड गरि गीतको अडियो भिडियो बनाएर युट्युवमा राख्नुपर्ने छ । पठाएकामध्ये उत्कृष्ट हुनेहरुले नगद दश हजारसहित एउटा गित रेकडिङको सुविधा पाउनेछन् ।
क्षमता भएका तर, अवसर नपाएकाहरुलाई अवसर दिन यस किसिमको अभियान सुरु गरिएको दर्पणले बताए । गीतकार दर्पण मोडलिङमा पनि सक्रिय छन् । अन्त्यमा यस गीतको ट्राक पनि छ हेर्नु होला -
"तिमीले बाटो फेरेउ अरे" गीतको म्युजिक भिडियो हेर्नुहोस
गीतकार एबम मोडल दर्पण राईको फोटो शुट
![]() |
| गीतकार एबम मोडल दर्पण राईको फोटो शुट |




0 comments
Write Down Your Responses