• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, Health, Latest Updates, News » अचम्म लुम्बिनीमा एक महिलाले जन्माइन् एकैपल्ट ४ सन्तान
अचम्म लुम्बिनीमा एक महिलाले जन्माइन् एकैपल्ट ४ सन्तान

आमा गीता कुँवरले जन्माएका ४ बच्चाहरु 
माघ १, तानसेन, अचम्म छ दुनिया, लुम्बिनी मेडिकलल कलेजको अस्पतालमा एक महिलाले एकैपल्ट ४ सन्तान जन्माएकी छिन् । गुल्मी, रातापोखरी –२ की गीता कुँवरले दुई छोरा र दुई छोरी जन्माएकी हुन् । बिहीवार शल्यक्रिया गरी बच्चा जन्माइएको हो । सबै शिशुको स्वास्थ्य र सामान्य रहेको शल्यक्रियामा संलग्न डाक्टर बबिता थापाले बताएकी छिन् । 

चार बच्चाकी आमा गीता कुँवर 
दुई महिनाअघि नियमित परीक्षणको क्रममा उनको कोखमा ४ बच्चा रहेको थाहा भएको थियो । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा बुद्धिकुमार श्रेष्ठले ४ सन्तान कोखमा रहेको थाहा पाएपछि डाक्टरको निगरानीमा बस्न गीतालाई सुझाएका थिए । सोही अनुसार उनी दुई महिनादेखि अस्पतालको निगरानीमा थिइन् । शल्यक्रियामा डा बबितासहित डा श्रेयषी अर्याल, डा दिपक श्रेष्ठ, एनेस्थेसिया विशेषज्ञ डा कल्पना खरबुजा, बालरोग विशेषज्ञ डा किरण पन्थी, डा सेविना बानियाँ लगायत संलग्न थिए । 

पहिलो छोराको १.५ किलोग्राम, दोस्रो छोराको १.२८, तेस्रो छोरी १.७३ र चौथो छोरीको १.२१ किलोग्राम तौल रहेको चिकित्सकले जनाएका छन् । जनक कुँवरले एकसाथ चार स्वस्थ सन्तानको बाबु हुन पाउँदा हर्ष महशुस भएको बताउँदै यसका लागि डाक्टरले गरेको सहयोगका लागि धन्यवाद दिए ।
भिडियो हेर्नुहोस् 

Labels: BreakingNews, Health, Latest Updates, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State