• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Health, News » पाँचथरको यासोकमा बिध्यार्थी र शिक्षकमा अनौठो रोग देखिएपछी बिद्यालय बन्द
पाँचथरको यासोकमा बिध्यार्थी र शिक्षकमा अनौठो रोग देखिएपछी बिद्यालय बन्द

माघ १६, पाँचथर । पाँचथरको दक्षिणी गाविस यासोकमा रहेको सनराइज बोर्डिङ इङ्ग्लिस स्कुलमा अध्ययन गर्ने विद्यार्थी र शिक्षकमा अनौठो रोग देखा परेपछि विद्यालय बन्द गरिएको छ ।
सुरुमा स–साना बिमिरा आई शरीर चिलाउने, ज्वरो आएर विद्यार्थी र शिक्षक विद्यालय आउनै नसकेपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक सूर्य लावतीले जानकारी दिनुभयो ।
यस्तो रोग देखिएपछि विद्यार्थी र शिक्षकको स्वास्थ्य परीक्षण गर्दा छालामा हुने एलर्जी इमोटाइटिस जस्तो छालाको रोगको सङ्क्रमण देखिएको इलाका स्वास्थ्य चौकी यासोकका प्रमुख केदार खड्काले बताउनुभयो ।
यो रोगबाट नआत्तिकन घरमै आराम गर्दै बस्न आग्रह गर्दै उहाँले जाडोको समयमा बढी चिल्लो पिरो, अमिलो, माछा, मासु नखान खानपान, स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिन सुझाव दिनुभयो । रासस

Labels: Articles, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State