• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Politics » यी हुन् माओवादीले प्रस्ताब गरेको ७ प्रदेशको राजधानी
यी हुन् माओवादीले प्रस्ताब गरेको ७ प्रदेशको राजधानी

माघ १६, काठमाडौं । देश संघीय संरचनामा प्रवेश गरेपनि राजधानी कहाँ राख्ने भन्ने बहस भने चुलिएको छैन् । मधेस आन्दोलन र अन्य राजनतिक घटनाक्रमहरुले स्थान पाइरहेकोले यसतर्फ बहस नभएको हो । तर एमाओवादीले भने संघीय राजधानीको सम्भावित संरचनाका आधारमा आफ्ना क्ष्ँेत्रीय कार्यालयहरुको स्थापना गरेको छ । सात प्रदेशमध्ये दुई नम्बर प्रदेशको कार्यालय स्थापना गर्न बाँकी छ । एमाओवादीका लागि कहाँ कहाँ हुनेछन् त प्रदेशका राजधानी । 

औपचारिकरुपमा पार्टीले यसबारेमा कुनै खुलासा नगरेपनि पछिललो समयमा प्रशिक्षणका क्रममा स्थापना भएका प्रदेशका कार्यालयहरुले राजधानीको टुंगो लगाइसकेको संकेत गर्दछ आजको नयाँ पत्रिका दैनिकले भने १ नम्बर प्रदेशबाहेक पाँचवटा प्रदेशको कार्यालय सम्भावित राजधानीमा राखिएको जनाएको छ । । 

१ नम्बर प्रदेशको पार्टी कार्यालय विराटनगर, ३ को काठमाडौँ, ४ को पोखरा, ५ को दाङको घोराही, ६ को सुर्खेतको वीरेन्द्रनगर र ७ नम्बर प्रदेशले धनगढीमा पार्टी कार्यालय स्थापना गरेको छ । २ नम्बर प्रदेशको काम महोत्तरीको बर्दिबासबाट सञ्चालन भइरहे पनि कार्यालय स्थापना गरिएको छैन । समाचारमा अगाडि उल्लेख छ– ‘अहिले स्थापना गरिएका पार्टी कार्यालय अन्तरिमकालका लागि हुन्,’ स्थायी समिति सदस्य एवं ५ नम्बर प्रदेश इन्चार्ज चक्रपाणि खनालले भने, ‘भोलि प्रदेशको राजधानी जहाँ हुन्छन्, पार्टी कार्यालय पनि त्यहीँ हुन्छन् ।’ 

प्रदेश नं‍ १ को विराटनगर 
एमाओवादीको १ नम्बर प्रदेशले आफ्नो पार्टी कार्यालय औद्योगिक सहर विराटनगरमा स्थापना गरेको छ । इटहरी र झापामा सम्पर्क कार्यालय राखेको छ । हिजोको कोचिला राज्य कार्यालय विराटनगरमा भएकाले १ नम्बर प्रदेशको कार्यालय विराटनगरमै राखिएको प्रदेश सेक्रेटरी सुरेशकुमार राईले बताए । ‘साइकोलोजीका हिसाबले विराटगर राजधानी हुनुपर्छ भन्ने पनि होला, तर हामीले त्यसरी कार्यालय राखेको होइनौँ,’ राईले भने, ‘हिजोको कोचिला राज्य कार्यालयलाई नै प्रदेश कार्यालय बनाएका हौँ ।’ उनले कार्यालय अन्तरिमकालका लागि मात्रै भएको बताउँदै प्रदेशको राजधानी जहाँ हुन्छ, त्यहीँ कार्यालय सारिने बताए । 

प्रदेश नं‍ २ मा बाँकी 
एमाओवादीको प्रदेश नं‍ २ ले पार्टी कार्यालय स्थापना गर्न सकेको छैन । हाल महोत्तरीको बर्दिबासबाट नियमित कामकाज सञ्चालन भइरहेको छ । स्थायी समिति सदस्य एवं प्रदेश नं। २ का इन्चार्ज विश्वनाथ साहले वीरगन्ज, जनकपुरमा कार्यालय राख्ने गरी छलफल भए पनि अझै नटुंगिएको बताए । ‘कार्यालय स्थापना गरेका छैनौँ, बर्दिबासबाट काम चलाइरहेका छौँ,’ साहले भने, ‘वीरगन्ज वा जनकपुर सोचिए पनि टुंगिएको छैन । सचिवालयको बैठक बसेर टुंग्याउँछौँ ।’ 

प्रदेश नं‍ ३ काठमाडौं 
एमाओवादीको प्रदेश नं। ३ ले आफ्नो कार्यालय काठमाडौंको कोटेश्वरमा स्थापना गरेको छ । यसअघिको नेवास् राज्य कार्यालयलाई ३ नं। प्रदेश कार्यालयमा रूपान्तरण गरेको छ । प्रदेशको सम्भावित राजधानी र भौगलिक अनुकूलका कारण काठमाडौंमै कार्यालय राखिएको प्रदेश सेक्रेटरी नायारण दाहालले बताए । ‘हिजो ताम्सालिङ मात्रै हुँदा पनि उपत्यका नै सेन्टर थियो, अहिले भ्यालीसहित भएपछि त झन् सेन्टर नै हो, प्रदेशको सम्भावित राजधानी पनि भएकाले काठमाडौंमा कार्यालय राख्यौँ,’ दाहालले भने । 

प्रदेश नं‍ ४ को पोखरा 
एमाओवादीको ४ नं। प्रदेशले आफ्नो कार्यालय पोखरामा स्थापना गरेको छ । प्रदेशको सम्भावित राजधानीका आधारमा पोखरामा कार्यालय स्थापना गरिएको एमाओवादीको पोलिटब्युरो सदस्य एवं प्रदेश नं। ४ का इन्चार्ज डिलाराम आचार्यले बताए । ‘पोखरा ४ नं। प्रदेशको सम्भावित राजधानी हो । यसअघि तमुवान राज्य कार्यालय पनि पोखरामै थियो,’ आचार्यले भने, ‘भौगलिक अनुकूलता, पर्यटकीय क्षेत्रका हिसाबले पनि पोखरा नै ठीक भयो ।’ 

प्रदेश नं‍ ५ को घोराही 
एमाओवादीको ५ नं‍ प्रदेश समितिले आफ्नो कार्यालय दाङको घोराहीमा स्थापना गरेको छ । प्रदेशको सम्भावित राजधानी, भौगोलिक अनुकूलताका कारण घोराहीमा कार्यालय राखिएको स्थायी समिति सदस्य एवं प्रदेश इन्चार्ज चक्रपाणि खनालले बताए । ‘सजिलो पर्ने ढंगले राखेका हौँ । दक्षिण एसियाकै ठूलो उपत्यका दाङलाई युद्धकालमा देशकै राजधानी भनेर प्रचार गरेको पनि हो,’ खनालले भने, ‘प्रदेशको सम्भावित राजधानी पनि हो । तर, प्रदेशको राजधानी कहाँ राख्ने भन्ने निर्णय त प्रादेशिक सभाले गर्ला ।’ 

प्रदेश नं‍ ६ को सुर्खेत 
एमाओवादीको ६ नं‍ प्रदेशले आफ्नो कार्यालय सुर्खेतमा स्थापना गरेको छ । प्रदेश सेक्रेटरी कालीबहादुर मल्लले सम्भावित राजधानीका आधारमा सुर्खेतका कार्यालय स्थापना गरिएको बताए । उनले सुर्खेत राजधानी हुनेमा कुनै विवाद नभएकोसमेत बताए । ‘मध्यपश्चिमको सदरमुकाम, पहिले भेरी कर्णाली राज्य कार्यालय र अहिले सम्भावित राजधानी भएकाले सुर्खेतमा कार्यालय स्थापना गरेका हौँ,’ मल्लले भने, ‘सुर्खेतलाई राजधानी बनाउने भन्नेमा अब कुनै विवाद नै छैन । राजधानी स्वतस् यहीँ नै हुन्छ ।’ 

प्रदेश नं‍ ७ को अत्तरिया/डडेलधुरा या डोटीको सिलगढी 
एमाओवादीको प्रदेश नं‍ ७ ले आफ्नो कार्यालय कैलालीको अत्तरियामा स्थापना गरेको छ । एमाओवादी केन्द्रीय सदस्य भीम कडायतले कार्यालय अत्तरियामा राखिएको बताए । प्रदेश नं‍ ७ को राजधानीमा तराईमा राख्दा अत्तरिया नै राजधानी हुने उनले बताए । पहाडमा राख्दा डडेलधुरा या डोटीको सिलगढीमा राजधानी हुने उनको भनाइ छ .

Labels: Articles, BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State