• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Health, Latest Updates, Photo, Tourism » स्लिम बन्ने बहानामा नगरौं यस्ता गल्ती, जसले अत्यान्तै हानि गर्दछ
स्लिम बन्ने बहानामा नगरौं यस्ता गल्ती, जसले अत्यान्तै हानि गर्दछ

पुस  २७, काठमाडौ, स्लिम बन्ने तरिका सजिलो छ। हामीले खानामार्फत ग्रहण गर्नेभन्दा खेर फाल्ने क्यालोरीको मात्रा कम हुनुपर्छ। यसका लागि कम खाने र शारीरिक काम बढी गर्ने गर्नुपर्छ। तर, स्लिम बन्ने बहानामा धेरैले यस्ता गल्ती गर्नु हुँदैन। 

१. प्रोटिन बढी खाने फ्याट, 
कार्बोहाइड्रेट र सुगरजन्य खानाले शरीर मोटाउने भएकाले स्लिम बन्न चाहनेले यस्ता खानाको मात्रा कम गरेर प्रोटिनजन्य खाना बढी खाने गर्छन्। तर, औसतभन्दा बढी प्रोटिन हाम्रो शरीरले ग्रहण गर्योा भने यो शरीरभित्र फ्याट र सुगरमा परिवर्तन हुन्छ, जसले गर्दा स्लिम हुनुको सट्टा थप मोटाइने जोखिम बढ्छ। 

२. जुस खाने 
ब्रेकफास्टले गर्दा शरीरको वजन अझ बढ्ने डरले डायटिङ गर्नेहरू बिहान एक ग्लास जुस पिएर खाली पेट बसेको भन्ठानी मनमनै रमाउने गर्छन्। तर, यसले उल्टो नतिजा दिन्छ। जुस पिउनाले रगतमा सुगरको मात्रा बढ्छ, जसले गर्दा शरीरमाअतिरिक्त इन्सुलिन उत्सर्जन हुन्छ। अतिरिक्त इन्सुलिनले भोक लगाइरहने गर्छ, जसको कारण स्लिम बन्नुको सट्टा अझ मोटाइन्छ। 

३. दुब्लाइएन भनेर खिन्न हुने 
व्यवस्थित रूपमा डायटिङ गर्न थालेको सुरुको दुई साता वजन उल्लेख्य मात्रामा घट्छ। दुई सातापछि वजन घट्ने क्रम कम हुन्छ। वजन घट्ने क्रम भएपछि 'डायटिङ गरेर पनि स्लिम भइँदैन रहेछ' भनेर खिन्न हुने र फेरि पहिलेकै जस्तो खानपान र जीवनशैलीमा फर्किने धेरै हुन्छन्। सुरुको दुई साताजस्तै ह्वात्तै शरीरको वजन कम गर्न सम्भव छैन भन्ने कुरा नबुझ्ने गल्ती धेरैले गर्छन्। 

४. कम सुत्ने 
बढी सुत्नाले वजन बढ्ने डरले डायटिङमा लागेका मानिस कम सुत्ने गर्छन्। तर, स्लिम शरीरका लागि पर्याप्त निद्रा आवश्यक पर्छ। अनिद्राले भोकको स्तर निर्धारण गरिदिने गर्छ। अर्थात्, कम सुत्नुभयो भने तपाईंलाई बढी भोक लाग्छ, जसले गर्दा वजन घट्नुको सट्टा उल्टो बढ्छ। 

५. व्यायाममा निरन्तरता नदिने 
व्यस्तताले गर्दा नभ्याएको भन्दै दुब्लाउने अभियानमा लागेकाहरूले कहिलेकाहीँ नियमित व्यायामसमेत नगर्न गर्छन्। दुब्लाउने प्रक्रियाअन्तर्गत रहँदा व्यायाम र खानपानको सन्तुलन मिलाउन सकिएन भने शरीरको वजन उल्टो बढ्नसक्ने भएकाले व्यस्ततालाई बहाना बनाएर व्यायामलाई निरन्तरता नदिने गल्ती भरिसक्के गर्नु हुँदैन। 

६. एउटै खालको व्यायाम गर्ने 
स्लिम बन्न चाहनेमध्ये अधिकांशले सधैं एकैखालको व्यायाम गर्ने गर्छन्। कुनै एउटा किसिमको व्यायाम गर्दा यसले शरीरका केही निश्चित भागमा स्टे्रेस पैदा गर्ने र त्यहाँका मांसपेशीलाई चलायमान बनाउने काम गर्छ। तर, सधैं त्यही व्यायाम दोहोर्या उँदा शरीरका अन्य भागमा कसरत पुग्दैन। जसले गर्दा सोचेजति स्लिम बन्न सकिँदैन। 

७. कसरत नबढाउने 
शरीरको वजन घटाउन चाहने शहरियाहरूले घरभित्रै जडान गरिएका मेसिनहरूमा दगुर्नेलगायत गर्छन्। यसो गर्नु राम्रो हो, तर सधँै यसैमा अल्भि्कनु चाहिँ पर्याप्त होइन। कसरतलाई बिस्तारै बढाउँदै लग्न सकियो भने मात्रै वजन घटाउने क्रमलाई निरन्तरता दिन सकिन्छ। 

८. अल्छी गर्ने 
कसरत गर्न अल्छी गर्नाले पनि चाहेजति स्लिम बन्न नसक्ने हुन्छ। 'आज ज्यादै थाकेको छु, कसरत गर्दिनँ' भन्ने खालका गल्ती धेरैले गर्छन्। यसो भन्नुको सट्टा 'आज १० मिनेट मात्रै कसरत गर्छु' भन्नुस्। कसरत गर्न थालेपछि यसको अवधि आफैँ बढ्छ। किनकि, कसरतले शरीरको थकान र आलस्य दुवै हटाउँछ। 

९. भोजनको बेला मन डुलाउने 
भोजनको बेला रेडियो सुन्ने, टीभी हेर्ने, फोनमा कुराकानी गर्ने, कसैले पढ्दै गरेको सुन्ने जस्ता काम गर्ने गर्नुभएको छ भने आजैदेखि छोडिहाल्नुस्। किनकि, यस्ता कुरामा मन डुलाएर खान थालियो भने थाहै नपाई बढी खाइन्छ। अमेरिकन जर्नल अफ क्लिनिकल न्युटि्रसनमा प्रकाशित एउटा अनुसन्धान प्रतिवेदनमा यसरी खाना खाँदा मानिसले १५ प्रतिशत बढी खाने गरेको जनाइएको छ। 

१०. फ्याटफ्री अथवा सुगरफ्री खाना 
स्लिम बन्ने होडबाजीमा बजारमा पाइने फ्याटफ्री अथवा सुगरफ्री खाद्य परिकार खाएर मख्ख पर्ने गल्ती डायटिङ गर्नेहरूले गर्ने गरेका छन्। तर, कोर्नेल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यस्ता खानाले सामान्य अवस्थामा खाइने खाना खाँदाभन्दा बढी क्यालोरी ग्रहण गर्ने गरेको तथ्य पत्ता लगाएका थिए। यस्ता फ्याट अथवा सुगरफ्री खानाले भोक अझ लगाउने गर्छ। जसले गर्दा खानाको मात्रा बढ्न गई क्यालोरी इन्टेक पनि बढ्छ र शरीर अझ मोटाउन जान्छ। 

११. खाना कम 
खाने स्लिम बन्ने बहानामा खाना कम खाने बानी धेरैमा हुन्छ। तर, खाना कम खाँदा क्यालोरीमात्र होइन, शरीरलाई आवश्यक पर्ने अन्य पदार्थको इन्टेक पनि घट्छ। परिणामतः शरीर निरोगी र बलियो बन्न पाउँदैन । 

खाना कम खाँदा न्युटि्रसन्स र भिटामिन्सजस्ता शरीरलाई निरोगी र बलियो राख्ने तत्वको मात्रा पनि घट्न पुग्छ। यसले अनेक खालका रोग निम्त्याउन सक्छ। स्लिम बन्न खाना घटाउने गल्ती गर्नुको सट्टा पोषणयुक्त खाना सन्तुलित मात्रामा खाने गर्नुपर्छ। 


-एजेन्सी 

Labels: Articles, Health, Latest Updates, Photo, Tourism

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State