अमेरिकाद्वारा आक्रमणको तैयारी-उतर कोरिया सीमामा बमबर्षक विमान तैनाथ
पुस २६, एजेन्सी, अमेरिकासंग कहिल्यै सम्बन्ध सुधार्न नसकेको उत्तर कोरियाले केहि दिन अघि मात्र हाईट्रोजन बमको सफल परिक्षण गरे भन्ने खबर बाहिरीए लगतै संशकीत अमेरिकाले त्यसको प्रतिरक्षार्थ दक्षिण कोरियामा भारि मात्रामा बमबर्षक बिमान पठाएको छ ।
अमेरिकाले पठाएको बम बर्षक बिमान दक्षिण कोरिया र उतर कोरियाको सीमामा तैनाथ गरिएको छ ।
उत्तर कोरियाको पछिल्लो कदमको प्रतिक्रियास्वरुप महाशक्ति राष्ट्र दक्षिण कोरियाको सिमामा बम बर्षक बिमान तैनाथ गरिएको अमेरिकाले जनाएको छ । उता उत्तर कोरियाको तर्फबाट भने सोबारे कुनै प्रतिक्रिया आइ नसकेको वीवीसीले जनाएको छ ।



0 comments
Write Down Your Responses