• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, News, Photo » ८ महिने गर्भवती श्रीमतीको हत्या, दाहसंस्कार गर्ने मलामी समेत पक्राउ(भिडियो)
८ महिने गर्भवती श्रीमतीको हत्या, दाहसंस्कार गर्ने मलामी समेत पक्राउ(भिडियो)

रुपन्देही, २७ पुष । रुपन्देहीमा यौनसम्पर्क गर्न नमानेको भन्दै एक पुरुषले गर्भवती श्रीमतीको हत्या गरिएको आशंका गरिएको छ । रुपन्देहीको सिपवा ६ का २५ वर्षीय शैलेश मल्लाहले ८ महिनाकी गर्भवती भएका आफ्नो श्रीमती सुनितालाई यौनसम्पर्क गर्न नमानेको भन्दै कुटपिट गरी हत्या गरेका प्रहरीले जनाएका छन् । 

गएको शनिवार मादक पदार्थ सेवन गरी घर आएका शैलेशले श्रीमतीसँग यौन सम्पर्क गर्न खोज्दा पेटको बच्चलाई असर गर्ने भन्दै श्रीमती सुनिताले इन्कार गरेपछि लठीले पिटेर उनको हत्या गरेको प्रहरीको भनाइ छ । सुनिताको मृत्यु पश्चात केही छिमेकीको मिलोमतोमा शैलेशले श्रीमतीे दाहसंस्कार गरे । तर हत्या भएको जानकारी पाएलगत्तै घाटमा पुगेको प्रहरीको टोलीले सुनिताका श्रीमान शैलेशसहित मलामी गएका ५ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ । 

शनिबार पक्राउ परेका उनीहरुलाई सोमबार प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामेश्वर कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा श्रीमानले यौनसम्पर्क गर्न खोज्दा श्रीमतीले नमानेपछि हत्या गरेको खुलेको छ ।
live child birth videos

Labels: BreakingNews, News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State