कपनमा मेडिकल र कस्मेटिक पसलमा आगलागी २० लाख बराबरको क्षति(भिडियो सहित)
| मिलनचोक स्थित आगोले ध्वस्त भएको औसधि पसल |
माघ १, काठमाडौ, आज बिहान करिब ४ बजेतिर कपन मिलनचोक स्थित मेडिकल पसल र कस्मेटिक पसलमा आगलागी भएको छ । बिहानै लागेको आगोले कस्मेटिक पसल र औषधि पसलका सबै औसधि जलेर नस्ट भएको छ ।
प्रहरी कार्यालय कपनको अनुसार कस्मेटिक पसलको करिब साँढे ४ लाख र औषधि पसलको करिब साँढे १५ लाख क्षति भएको जनाएको छ । आगलागी भए पछी करिब १ घण्टा पछी आएको दमकलले आगो नियन्त्रणमा लिइएकोले थप अरु क्षति हुन बाट जोगाएको छ ।
दमकल र स्थानीय बासीहरुको सहयोगमा आगो नियन्त्रणमा आउन करिब २ घंटा लागेको थियो । आगो के कारणले लाग्यो भन्ने कारण यकिन नभए पनि कपन चौकी अनुसार प्रारम्भिक अनुसंधान गर्दा फ्रिज को बिध्धुतिय तार सट भएर आगो लागेको देखियको कुरा शेर्पा स्टेटलाई बताउनु भयो ।
स्मरण रहोस उक्त औषधि पसलका मालिक श्रीमान श्रीमती नै भूकम्पमा आफ्नै घर भात्किएर बित्नु भएको थियो र हाल उक्त औसधि पसल उनीहरुको छोरी ज्वाईले संचालन गरिरहेको बुझ्न आएको छ । अहिले फेरी औषधि पसल पुरै खरानी भएको छ तर मानबिय क्षति भने भएको छैन ।
भिडियो हेर्नुस -


0 comments
Write Down Your Responses