ऐतिहासिक भो मगर माघे संक्रान्ति टुडिखेलमा हेर्नुहोस फोटो फिचर
माघ १, टुडिखेल, काठमाडौं, आज माघ १ गते नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा भब्य एबम ऐतिहासिक माघे संक्रान्ति पर्ब मनाएको छ । बीसौं हजार मगरहरुको सहभागिता रहेको यो माघे संक्रान्ति कार्यक्रमको प्रमुख अतिथिमा सम्माननीय प्रधान मन्त्रि केपी वलीले धनुस बानबाट कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
देशको विसम राजनीतिक परिस्थिति अनुरुप पहिचान र संघियताको लागि देश ब्यापी आन्दोलन चलिरहेको अबस्थामा संघियता बिरोधिलाई प्रमुख अतिथि बनाएकोमा सहभागीहरुबाट असन्तुस्टी पोख्दै गर्दा सो बारे स्पस्ट पार्दै नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष गङ्गा बहादुर थापा मगर ले भन्नु भयो "हामीले देश ब्यापी रुपमा मगरहरुले ठुलो आन्दोलन गरि रहेका छौ, हाम्रो पहिचानको मुद्धालाई स्थापित गरेर छाड्छौ भनेर कयौं चोटी पत्र काट्यौ, सालिन ढंगले आन्दोलन गर्यौ, तर कदापि सुनेन, तराईमा पहिचानको लागि आन्दोलन भएको १५० दिन नागी सक्यो तर सरकार समबेदना हिन भएको छ हो यहि कुरा सुन्नु हुन्छकि भनेर वहालाई अतिथि बनाएका हौँ । यदि सुन्नु हुदैन र हाम्रो अधिकार र पहिचानका लागि संबेदनशिल हुदैन भने यो अस्तित्वको सवाल हो, हामी बरु मर्छौं तर हाम्रो पहिचान र अस्तित्व मेट्न दिने छेनौं । "
त्यस्तै मन्तब्यकै क्रममा नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष महेन्द्र थापामगर ले भन्नु भयो -"हाम्रो मगर बाहुल्यता रहेको भूगोललाई छिन्न भिन्न बनाएर तिन टुक्रा परेको छ यो ऐतिहासिक भुल हो यसलाई तुरुन्त सच्याउनु आवश्यक छ । यसको लागि हामि जोडदार माग गर्दछौ, हाम्रो शान्तिपूर्ण आन्दोलनलाई राज्यले लात्यउछ भने हामि जस्तो सुकै आन्दोलन गर्न पछी पर्ने छैनौं। "
अतिथि मन्तब्य दिदै घुमाउरो पाराले प्रधानमन्त्रि केपी वलीले भन्नु भयो -"मगर समुदाय मेरो र राज्यको लागि दईना छन् । अहिले देशको उपरास्ट्रपति मगर छन्, देशको सभामुख मगर छन, देशको राज्यमन्त्रि मगर मन्त्रि छन्, अब यस भन्दा अरु के चाहियो । हामि सबै नेपालि हौँ । नेपाली हाम्रो पहिचान हो । १२३ भासा बोल्ने नेपालमा नेपाली नै हाम्रो पहिचान हो । बिथ्थाको बखेडा जिकेर देशलाई बन्दि बनाउनु राम्रो होइन । यो बिकाशको युग हो अब हामि यो बखेडामा नअल्झियु, यो नै देशको लागि उत्तम ह्नेछ, मा सबै लाई यहि अनुरोध गर्न चाहान्छु ।"
कार्यक्रम भोलि पनि भब्य हुनेछ ----
कार्यक्रम भोलि पनि भब्य हुनेछ ----
आजका कार्यक्रमका केहि फोटो फिचर फोटो -महेश राना
| प्रमुख अतिथि प्रधानमन्त्री केपी वलीले कार्यक्रम उदघाटनमा हानेको तिर |
| फेस पेन्ट गर्दै मगर युवती |
| फेस पेन्ट गर्दै माग युबा |
| सोलुका मगरको संक्रान्ति स्टल |
| मगर भेसमा मगर युवती फोटो खिचाउदै |
| मगर कलाकार नाचको तयारि गर्द्दै |
| माघे संक्रान्ति मुडमा |
| कलाकारहरु |
| फोटो खिचाउदै |
| स्वागत तयारि गर्दै कलाकार |
| सहभागी कार्यक्रम हेर्दै |
| प्रधानमन्त्रीको स्वागत्कालागी लाम बढ्द |
| प्रधानमन्त्री सहित अन्य अतिथि ड्यासमा |
| स्टल |


0 comments
Write Down Your Responses