सेक्स आत्माआनन्दको कला हो तर पनि किन हुन्छ असन्तुस्टी ..?
पुस २३, काठमाडौं, भनिरहनु नपर्ला– सेक्स दुई देहको मिलनमात्र होइन, दुई मनको मिलन पनि हो। यो यस्तो कला हो, जसले जीवनलाई हरिलोभरिलो र रसिलो बनाउँछ। तर, यौनसम्बन्धी सामान्य जानकारीको अभाव र यससम्बन्धी भ्रमले जीवनलाई निरस र रुग्ण बनाइदिन सक्छन् । यौन असन्तुष्टिका कारण सम्बन्धहरू टुटेका छन् । यसकै कारण कुण्ठित र हीनभावले ग्रस्त भएर बाँच्नेहरू पनि छन्।
एक शिक्षक दम्पती ‘आफूहरूको जति निरस दाम्पत्य जीवन कसैको नहोला’ भन्ने सोच्न बाध्य छ। एक सन्तानका अभिभावक उनीहरू दुवैजना ३० वर्षका छन् । श्रीमान्–श्रीमती हरेक रात बेडमा पुग्यो कि तनाव सुरु भइहाल्छ । सम्बन्ध बिग्रनुको कारणबारे अवगत थिए उनीहरू– यौन असन्तुष्टि। यौन परामर्शका लागि छाला तथा यौन रोग विशेषज्ञ डा. हरिनारायण गुप्ताकहाँ पुगे उनीहरू। डा. गुप्ताले सोधपुछपछि थाहा पाइहाले, ‘यौन जीवन कसरी सुखद राख्ने भन्ने ज्ञान थिएन उनीहरूमा।’
दिनभरि स्कुलमा थाकेर आएकी श्रीमती घरको कामले शिथिल भएर ओछ्यानमा पुग्थिन् । श्रीमान् भने सेक्सका लागि आतुर रहन्थे । ‘बाघले बाख्रा झम्टेजसरी कसरी मिल्छ यौनसुख ?’ डा. गुप्ताले भने, ‘दुवै जना मानसिक र शारीरिक रूपमा उत्तिकै सक्रिय नभए यौनसुखको कल्पनै गर्न सकिन्न ।’
उनका अनुसार सामान्य काउन्सिलिङकै भरमा यो जोडीको यौन जीवन अहिले सुखद छ । यसको एउटै रहस्य हो– ‘फोरप्ले’ । अर्थात्, सेक्सअघिको क्रीडा । ‘सुरुमा दिमागले चाहनुपर्छ सेक्स । अनि बल्ल अंगप्रत्यंग तयार हुन्छन् । त्यसका लागि सेक्सअघि पर्याप्त प्राक्क्रीडा हुनुपर्छ,’ डा. गुप्ता भन्छन्, ‘त्यसैले त सेक्सलाई ‘माइन्ड गेम’ भनिएको हो । यसका लागि पार्टनरको इच्छा बुझ्ने कला चाहिन्छ ।’ उनका अनुसार सेक्समा महिला र पुरुष दुवैको उत्तिकै सक्रियता चाहिन्छ। ‘तर, हाम्रो समाजमा पुरुषहरू सेक्स गरिरहेका हुँदैनन्, श्रीमतीको शरीरमात्र कब्जा गरिरहेका हुन्छन् ।’
सुखद यौन जीवनका लागि हरेक जोडीमा ‘सेक्स कला’ आवश्यक ठान्छन्, यौन परामर्शदाता डा. समन रूपाखेती ।
‘धेरै पुरुषहरू हतारिएर सीधै सेक्समा उत्रिहाल्ने र चाँडै स्खलित भइहाल्ने समस्या छ,’ उनी भन्छन्, ‘उनीहरूलाई थाहा हुँदैन कि महिला मुडमा आउन केही समय लाग्छ ।’ त्यसका लागि जोडीबीच सञ्चार अभाव देख्छन् उनी । ‘एकले अर्कालाई नबुझ्ने हो भने त्यो सेक्स पीडादायक बन्न सक्छ,’ उनी सुझाउँछन्, ‘फोरप्लेसँगै पार्टनरको समस्या र चाहना बुझिदिनुपर्छ ।’
काठमाडौँ, पुतलीसडकस्थित माता मनकामना आरोग्य केन्द्रमा एक नवविवाहित जोडी समस्या लिएर आयो । ‘डाक्साब, मज्जै आएन,’ यौन परामर्शदाता डा. समन रूपाखेतीसँग पुरुषले समस्या तेस्र्याए, ‘सेक्स गर्दा उनी एकदम दुख्छ भन्छिन् ।’
२५–२६ वर्ष उमेर समूहको यो जोडीको सेक्स गर्ने तरिकामा शंका लागेर डा. रूपाखेतीले सोधे, ‘कसरी गर्नुहुन्छ सेक्स ?’
‘मलाई त पहाडै फोरेजस्तो गाह्रो हुन्छ,’ ती पुरुषले जवाफ दिए, ‘मेरो अंग ठाउँमा पुग्दै पुग्दैन । कता–कता जान्छ ।’ डा. रूपाखेतीले कुरा बुझे । ‘योनीको कुन द्वारमा लिंग प्रवेश गराउने भन्ने ज्ञानै रहनेछ उनलाई त,’ उनले भने, ‘जसको परिणाम श्रीमतीले चरम पीडा झेल्नुपर्ने बाध्यता आइलाग्यो । श्रीमतीको मूत्रद्वारमा गहिरो घाउ लागिसकेको थियो । यस्तो आधुनिक युगमा यस्ता पनि तन्नेरी हुन्छन् ।’
मानिसहरूमा यौनांगको घर्षणमात्रै सेक्स हो भन्ने गलत बुझाइ भएको डा. रूपाखेती बताउँछन् । भन्छन्, ‘महिलाको सन्तुष्टि र उनीहरूको पीडा मतलब नगर्ने पुरुषको मनोवृत्ति छ । सेक्स भनेको सम–भोग अर्थात् सम्भोग अर्थात् बराबर भोग भन्ने बुझ्नका लागि यौनशिक्षा अत्यावश्यक छ ।’
यौन समस्या लिएर डाक्टरसम्म पुग्नेमध्ये अधिकांश पुरुषको व्यथा एउटै हुन्छ– शीघ्र स्खलन । चरम सन्तुष्टि प्राप्त नहुँदै स्खलित भइहाल्ने यस्ता पुरुषहरू हीनताबोधका साथ सोध्छन्, ‘हाम्रो समस्याको समाधान छैन ?’
धन्वन्तरि आयुर्वेद हस्पिटल तथा रिसर्च सेन्टरका डा. विभाकर ठाकुर शीघ्र स्खलनबाट पीडित एक पुरुषलाई सहजै आश्वस्त पार्छन्, ‘समाधान पक्का छ ।’ उनले ती पुरुषलाई काउन्सिलिङसँगै सामान्य आयुर्वेदिक औषधि दिएर पठाए । ‘काउन्सिलिङ नै काफी थियो उनका लागि,’ उनले भने, ‘स्टामिना बढोस् भनेर मात्र सामान्य आयुर्वेदिक औषधि दिइएको हो ।’
ती पुरुषको समस्या बताउँदै डा. ठाकुरले भने, ‘उनी सेक्सअघि कल्पनामै डुब्दा रहेछन् । सेक्स गर्दा पनि आत्तिने बानी रहेछ । उनलाई मन अन्तै डुलाउन सिकाइयो । कल्पना कम गर्न भनियो । र, सेक्सका क्रममा नहतारिएर बीचमा विश्राम गर्न भनियो र यसरी उनको समस्या सुल्झियो ।’ विश्राम भन्नाले ? उनले प्रस्ट्याए, ‘सेक्स गर्दागर्दै छुट्टिएर आराम गर्ने भनिएको होइन ।
बीचबीचमा स्पिड कम गरेर गफगाफ गर्दै विश्राम लिन सकिन्छ । जसले समय लम्बिन्छ र दुवैलाई चरमोत्कर्षमा पुग्न सघाउँछ ।’
यद्यपि, लामो समयसम्म सेक्स गर्न सक्नुले यौन जीवन सुखद हुने होइन भन्छन्, डा. बद्रीप्रसाद भट्टराई । ‘कसरी बित्यो समय भन्ने हुन्छ,’ उनी भन्छन्, ‘दुईतीन मिनेटमै दुवैजना सन्तुष्ट हुन्छन् भने त्यो सफल यौनसम्पर्क हो। दुवै जना सन्तुष्ट हुनुपर्यो्। लामो समय गर्ने भनेर यौनांगमा घाउ लिएर आउनेहरू पनि छन् यहाँ ।’
केही आम यौन समस्या
पुरुषमा
लिंग कडा नहुने
शीघ्र पतन
यौन इच्छा कम हुने
केहीलाई सामान्यभन्दा बढी यौन चाहना हुने
महिलामा
योनी सुक्खा हुने
यौन चाहना नहुने
सेतो पानी बग्ने
केहीमा यौन चाहना सामान्यभन्दा बढी हुने
यौन जीवन सुमधुर बनाउन
फोरप्ले पर्याप्त गर्ने
पार्टनरको समस्या र इच्छा बुझ्ने
भावनात्मक सम्बन्ध सुमधुर राख्ने
पार्टनरलाई मन पर्ने र मन नपर्ने कुरा थाहा पाएर त्यही अनुसार व्यवहार गर्ने
दुवैलाई सहज लाग्ने पोजिसन र स्थान अपनाउने
पोजिसन र स्थानमा नयाँपन ल्याउने
***
मानसिक समस्या भन्नेबित्तिकै डराएर भाग्ने कारणले समस्या झन् बल्झिन्छ ।’ सामान्य जानकारीको अभावमा यौनजीवन सुखद बन्न नसकेर धेरैको दाम्पत्य जीवन खलबलिएको देखेका छन् उनले ।
केएमसीकी मनोचिकित्सक डा. रचना शर्मा बस्नेतका अनुसार मानसिक समस्या र यौन जीवन अन्तरसम्बन्धित छन् । त्यसैले दुवैजना मानसिक रूपमा तन्दुरुस्त हुनसके मात्र यौनजीवन रोमाञ्चक बन्न सक्छ । ‘नत्र पीडा बाहेक केही हात लाग्दैन,’ उनी भन्छिन्, ‘आफू मानसिक रूपमा सन्तुलित भएर पार्टनरको चाहना बुझिदिने, एकापसमा सम्मान कायम राख्दामात्र यौनजीवन सन्तुष्ट हुने भएकाले सेक्सलाई कला नै भन्नुपर्छ ।’
पार्टनरको मनोविज्ञान बुझ्न नसक्दा दुर्घटना निम्त्याएका जोडीहरू पनि छन् ।
४३ वर्षका राघवेन्द्र (नाम परिवर्तन) लाई आफू बूढो भइसकेँ भन्ने लाग्दो रहेछ । ‘यस्तो उमेरमा पनि के सेक्स गर्नु ?’ भन्दै उनी त्यता ध्यानै दिँदैनथे । श्रीमतीको चाहनाको उनलाई पर्वाह थिएन । आफ्नो गल्ती उनलाई त्यस दिन महसुस भयो, जुन दिन उनले आफ्नी श्रीमती आफ्नै घरमा भाडामा बस्ने युवकसँग सल्केको थाहा पाए । आत्तिएका उनी अब के गर्ने होला भनेर डाक्टरसँग सल्लाह लिनपुगे । ‘उहाँलाई आफू बूढो भइसकेको हुनाले सेक्स गर्न सक्दिनँ भन्ने लाग्दो रहेछ,’ डा. रूपाखेतीले भने, ‘उहाँलाई काउन्सिलिङ गरेर पुरानो दुर्घटना भुलेर श्रीमतीको चाहना बुझेर अघि बढ्न सुझाएपछि अहिले सामान्य छ । उहाँको आँट बढाउने खालको सामान्य औषधि पनि चलाउनुपरेको थियो ।’ यौनका विषयमा भित्रभित्रै तरंगित हुने तर स्वस्थ बहस गर्न नचाहने समाजकै कारण दाम्पत्य जीवनमा बाधाहरू निम्तिएको उनी बताउँछन् ।
यौन सम्बन्धबाटै सुरु भएका धेरै कलह सम्बन्ध विच्छेदसम्म पुगेका घटना धेरै छन्, हाम्रो समाजमा । ‘यौन प्राकृतिक आवश्यकता हो,’ मनोचिकित्सक डा. बस्नेत भन्छिन्, ‘पार्टनरलाई खुशी राख्न सक्ने क्षमता पनि चाहिन्छ सम्बन्धमा । यौन क्षमता बढाउने नाममा औषधिमा परनिर्भर हुनुभन्दा आफ्नो बानी परिवर्तन गर्न लाग्नुपर्छ । जुन बानीले पार्टनरलाई नजिकिन हौसला मिलोस् ।’
नशा र साइजको भ्रम
मदिरा पिएर सेक्स गर्दा लामो समय टिक्ने भ्रम व्याप्त छ । यो भ्रम मात्र हो भन्छन्, डा. घिमिरे । ‘छाडा बनाउला तर पर्फर्मेन्स घटाउँछ,’ उनी भन्छन्, ‘त्यो भ्रम मात्र हो । धूम्रपान, मद्यपान, लागुऔषधले यौन क्षमता घटाउँछन् ।’
डा. विभाकर ठाकुरका अनुसार नशाले डरशंकोच घटाउने भएकाले धेरैले यसको मद्दत लिन्छन् ।
‘भय घटाएर खुल्न सघाउला । तर, त्यो क्षणिक मात्र हो,’ उनी भन्छन्, ‘मैले के गर्दा मेरो पार्टनर खुशी हुन्छ भन्ने बुझ्ने हो भने अरू केही गर्नुपर्दैन ।’
यौनांगको साइजको पनि भ्रम छ धेरैमा । ‘सानो भयो भन्ने त धेरै आउँछन्,’ डा. ठाकुर भन्छन्, ‘तर, लिंग ठूलो भएर योनीमा पसेन भन्दै पनि आउने हुन्छन् । यस्तै एक युवक एकपटक मकहाँ आएका थिए । मैले चेक गरेँ । उनको लिंगको आकार सामान्य नै थियो । यो जोडीले सेक्सअघि गर्ने क्रियाकलापतिर ध्यान दिन सकेका रहेनछन् । श्रीमतीलाई उत्तेजित बनाउन नसक्दा उनको योनी सुक्खा हुने भएकाले त्यस्तो समस्या आएको थियो ।’
केही अपवादबाहेक अधिकांश साइजको गुनासो भ्रम मात्र हो भन्छन्, डा. हरिनारायण गुप्ता । उनका अनुसार योनीको मुख, लिंग र स्तनको आकारलाई देखाएर सम्बन्ध सुधार्नबाट पन्छिने निहुँ खोजिरहेका हुन्छन् मानिसहरू । ‘यौनांगको आकारले सन्तुष्टि दिने होइन,’ डा. गुप्ता भन्छन्, ‘यौनानन्द दिने संवेदनशील भाग जुनसुकै साइजका अंगमा हुन्छन् ।’
![]() |
| JYOTI MAGAR |
अम्मर जिसीले लेख्नु भएको अशाढ २५ को साप्ताहिकबाट साभार
THIS ARTICLE IS ABOUT SEX EDUCATION FOR BETTER COUPLE LIFE.
PHOTOS ARE COLLECTED BY ONLINE SEARCHING..











0 comments
Write Down Your Responses