डाक्टरको एक मुक्काले बिरामी ठहरै मरे ! (भिडियो सहित)
पुस २६, एजेन्सी – रसियाली अस्पतालमा चिकित्सकले मुक्का हान्दा बिरामी डङरङै लडेर मृत्यु भएको सिसिटीभी दृश्य सार्वजनिक भएको छ । घटना डिसेम्बर २९ मा मस्कोबाट ४ सय ४० माइल दक्षिण बेलगोरोड सहरको हो । बिरामीले चिकित्सकको मुक्का खानुअघि एक नर्सलाई लात्ती हानेका थिए । एक अधिकारीले एक रसियाली टेलिभिजनलाई बताएअनुसार उक्त हत्यालाई भवितव्य मानिएको छ । तर पनि फौजदारी हिसाबले अनुसन्धान भने थालिएको छ । घटनाको दृश्य इन्टरनेटमा भाइरल भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।



0 comments
Write Down Your Responses