• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Entertainment, News » आज २०७२ साल फागुन १२ गते बुधबार-कस्तो छ त आजको दिन राशिफल
आज २०७२ साल फागुन १२ गते बुधबार-कस्तो छ त आजको दिन राशिफल

वि.सं. २०७२ साल फागुन १२ गते। बुधबार। इश्वी सन् २०१६ फेब्रुवरी २४ तारिख।आजको तपाईको दिन खुशी रहोस 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesसुखद समाचारले अझ उत्साह बढ्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ। गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ। अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। सरकारी कडिकडाउको सिकार भइनेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला। 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusबेसुरमा दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। काम बिग्रने डरले पनि सताइरहनेछ। समस्या दर्साउँदा शक्तिशाली व्यक्तिहरूले सहयोग जुटाउन सक्छन्। परिवारमा आमाको सहयोगबाट फाइदा मिल्नेछ। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। तर, स्वास्थ्यमा समस्या आउन सक्छ। सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकाममा रोकावट र कममात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले पनि अप्ठ्यारोमा परिएला। आर्जित धन खर्च हुन सक्छ। पहिलेको समस्याले केही झमेला निम्त्याउन सक्छ। योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने देखिन्छ। पढाइलेखाइमा समय दिन नसकिएला। अपराह्नपछि अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। धैर्य एवं लगनशीलताले फाइदा दिलाउनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविभिन्न अवसरले पछ्याउन सक्छन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। अपराह्नपछि परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले समेत हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। केही अवसर फुत्कने सम्भावना देखिन्छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoइच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। मनग्य धन आर्जन होला। विछोडिएका आफन्तसँग भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। अपराह्नदेखि बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। मानसम्मानमा आघात पुग्न सक्छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। चुनौतीहरू पन्छाउ“दै रोकिएका काम बनाउन सकिनेछ। टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यवसायमा लगानी बढाउन सकिनेछ। अपराह्नदेखि स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ। आश्वासन दिनेहरूबाट धोका पाइनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुने समय छ। ईर्ष्या गर्नेहरूले भने सताउन सक्छन्। साँझदेखि अर्थअभावले आँटेका काममा बाधा हुन सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioअवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। विशेष योजना गोप्य राख्नुहोला। अपराह्नदेखि आयआर्जनका स्रोत बढ्नेछन्। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। गरिएका कामको राम्रो मूल्यांकन हुनेछ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन्। 
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusसामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम सम्पादन हुन सक्छ। आफ्ना कामको धेरैले तारिफ गर्नेछन्। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपरिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। साँझतिर व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। अपराह्नदेखि लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि केही समस्या आउन सक्छन्। स्वास्थ्यमा कमजोर रहला। काम बिग्रने भयले सताउन सक्छ। 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesकाममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती देखा पर्न सक्छन्। विवादले खिन्न बनाए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ। दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ। व्यापारमा लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ। वैदेशिक यात्रा पनि लाभदायक हुनेछ। समय मनोरञ्जनपूर्ण रहनेछ। 
-नेपाली पात्रो

Labels: Articles, BreakingNews, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State