ओलीले किन भेटे भ्रमण तालिकामै नभएका यी नेता ?
फागुन ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा एउटा रहस्य बाहिर आएको छ । सो रहस्य भारतीय मिडियाले बाहिर ल्याएपछि नेपाली मिडियाले ढिलै सुइको पाएका हुन् । कुरा ओलीको भारत भ्रमणका क्रममा बनाइएको कार्यतालिका भन्दा बाहिरको हो । त्यसैले यसलाई महत्वका साथ हेरिएको छ यदी त्यो कार्यतालिका भित्रै हुन्थ्यो भने त्यसलाई स्वभाविक रुपमा मान्न सकिन्थ्यो । तर कार्यतालिका भन्दा बाहिरको भेटले अहिले यस विषयले निकै चर्चा पाएको छ ।
के थियो ओलीको भ्रमण तालिका ?
ओलीको भ्रमण तालिका अनुसार फागुन ९ गतेदेखि १२ गतेसम्म भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसँग भेट गर्ने, सापु्र हाउसस्थित इन्डियन काउन्सिलमा भारतीय व्यापारीलाई सम्बोधन गर्ने, भारतीय मिडिया र नेपाली समुदायबीच अन्तक्रिया गर्ने लगायतका विषय समावेश गरिएको थियो ।
९ गतेभन्दा अघि पनि मोदीसँग भेट गर्ने, दिवाभोजमा सहभागी हुने र अवलोकन गर्ने तालिका थियो ।
मोदीकै पार्टीका नेतासँग ओलीको भेट भ्रमण तालिका भन्दा बाहिर गएर ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीका महासचिव राम माधवसँग फागुन ९ गते बिहानै भेट गरे । उनले रामसँग १ घण्टा लामो समय विताएको रामले नै ट्वीट गरेका छन् । रामले केही समयअघि नेपालसहित दक्षिण एसियाका केही मुलुक भारतमै मिल्ने बताएपछि उनी विवादमा आएका थिए । यसैबीचमा उनीसँग भएको ओलीको भेटले धेरैलाई आश्चर्यमा पारेको छ ।
भेट गुपचुप भएता पनि माधवले ट्वीट गरेका कारण कुरा लुक्न सकेन । १ घण्टा लामो भेटको दुई लाइनमा ट्वीट गर्दै उनले लेखे, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो १ घण्टे भेटघाट भयो । उनले आपसी असमझदारी हटोस् र भारतले नेपालको आर्थिक विकासमा सहयोग गरोस् भन्ने चाहना राखे ।’ भारतीय संचार माध्यमले पनि यही ट्वीटलाई आधार मानेर समाचार बनाएका कारण भेटमा के–कस्तो कुरा भएको थियो भन्ने खुल्न सकेको छैन ।
आखिर के भएको थियो कुरा
स्रोतले दिएको जानकारी अनुसार भेटमा नेपालको संविधान, त्यसको अन्तरवस्तु, संविधान संशोधन, सीमांकन, मधेसी मोर्चाको माग, नेपालमा हिन्दु राष्ट्रको सम्भावना लगायतका विषयमा छलफल गरिएको थियो । भारतको असन्तुष्टिका विषयमा पार्टी र मोदीको तर्फबाट माधवले ओलीसँग ब्रिफिङ गरेको हुन सक्ने अनुमानसमेत गरिएको छ । पार्टी र मोदीको तर्फबाट माधवले ओलीसँग ब्रिफिङ गरेको हुन सक्ने अनुमानसमेत गरिएको छ । काठमाण्डु टुडेबाट


0 comments
Write Down Your Responses