• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News » साना हातहरुले उद्दार गर्यो बेचिन लागेको दुइ युबतिलाई
साना हातहरुले उद्दार गर्यो बेचिन लागेको दुइ युबतिलाई

माघ १९, झापा । सिन्धुपाल्चोक जिल्लाबाट भारततर्फ लैजाँदै गरिएका दुई नेपाली युवतीलाई झापाको ‘साना हातहरू नेपाल’ नामक संस्थाले भद्रपुरबाट उद्धार गरेको छ । 

संस्थाका अध्यक्ष जगतबहादुर वाग्लेकाअनुसार गत आइतबार किर्तामोडबाट बस चढेर आएका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१४ की १८ वर्षीया रुपा पाख्रिन र कुलेखानी गाविस–७ की २० वर्षीया सरिता स्याङ्देनलाई चन्द्रगढीबाट उद्धार गरिएको हो । 

दुवैलाई रोजगारी दिलाउनका लागि दुवई लैजाने भन्दै मानव बेचबिखनमा संलग्न गिरोहले भद्रपुरको नाका हुँदै भारत लैजान लागेको थियो । प्रहरीको सहयोगमा चन्द्रगढीमा ती युवतीलाई सोधपुछ गर्न लाग्दा गिरोहका दलाल फरार भएको वाग्लेले बताउनुभयो । उद्धार गरिएका दुवैलाई जिल्ला प्रहरी कार्यालय झापाको सिफारिसमा ‘साना हातहरू नेपाल’को भद्रपुरस्थित आश्रयस्थलमा राखिएको छ ।

Labels: Articles, BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State