• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, international news, News, Politics » भारतीय गुप्तचर सस्था "र" फेरि छायामा, नेपालको डरलाग्दो आँकलन असफल
भारतीय गुप्तचर सस्था "र" फेरि छायामा, नेपालको डरलाग्दो आँकलन असफल

फागुन ६, काठमाडौँ । र’ फेरि छायामा, डरलाग्दो आँकलन असफल छिमेक मामिलामा भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विंग्स (र) निर्णायक मानिए पनि नेपालको सन्दर्भमा ‘र’ रक्षात्मक छ । संविधान जारीलगत्तै नेपालमा प्रभाव जमाएर बसेको ‘र’को भूमिका अब नेपाल–भारतबीच राजनीतिक तहमा हुने वार्ताले तय गर्छ । नाकाबन्दीपछि फेरि ‘र’को भूमिका छायामा छ । 

सुरक्षा सल्लाहकार अजित डोभाल ‘र’सँग सन्तुष्ट छैनन् । परराष्ट्रसम्बद्ध स्रोतका अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि जनता विद्रोहमा निस्किने र सरकार ढल्ने भविष्यवाणी भारतको गुप्तचर एजेन्सी ‘र’को विवरण थियो । दिल्लीस्थित नेपाली कूटनीतिज्ञलाई ‘र’का उच्च अधिकारीले भनेका थिए, ‘सरकार ढल्छ, जनताले विद्रोह गर्छन् भन्ने हाम्रो आँकलन थियो । तर, हामी सफल भएनौँ ।’ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि ‘र’का अधिकारीबाट यस्तो आँकलन पटक–पटक सुनेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Labels: Articles, BreakingNews, international news, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State