• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Health, News, Politics » डा. आचार्य डीन बनेर ठक्दै-चीनमा एमबिबिएस पढ्न गएका ७० विद्यार्थी अलपत्र
डा. आचार्य डीन बनेर ठक्दै-चीनमा एमबिबिएस पढ्न गएका ७० विद्यार्थी अलपत्र

काठमाडौं– काठमाडौं बागबजारस्थित डक्टर्स इन्टरनेशनल कन्सल्टेन्सीबाट एमबिबिएस अध्ययन गर्न चिन गएका विद्यार्थीहरु अलपत्र परेका छन् । उक्त कन्सल्टेन्सीबाट चीनको च्युच्याङ र छाङचा मेडिकल विश्वविद्यालयमा एमबिबिएस अध्ययनरत ७० जना भन्दा बढी विद्यार्थीहरु अलपत्र परेका हुन् । डक्टर्स इन्टरनेशनलका सञ्चालक डा. रमेशकुमार आचार्यले छाङचा मेडिकल युनिभर्सिटीको सहायक डिन रहेको भन्दै विद्यार्थीलाई विभिन्न प्रलोभन देखाएर ठगी गर्दै आएका हुन् । 
डा. आचार्यले नेपाली प्राध्यापकद्वारा पठनपाठन गराउने र नेपालमै इन्टर्नसीपको व्यवस्था मिलाउने भन्दै सन् २०११ देखि ती विश्वविद्यालयमा विद्यार्थी पठाउने धन्दा गर्दै आएका छन् । नेपाल मेडिकल काउन्सिलले सन् २००९ देखी विदेशमा अध्ययन गर्ने विद्यार्थीले पढेकै देशमा इन्टर्नसिप गर्नुपर्ने प्राक्धानसहित निर्देशिका जारी गरेको छ । च्युच्याङ मेडिकल युनिभर्सिटीले आचार्यले विद्यार्थीबाट ठगी गरेको पाएपछि उनलाई सन् २०११ देखी विद्यार्थी पठाउन प्रतिबन्ध लगाएको छ । त्यसपछि डा आचार्य छिङचा मेडिकल युनिभर्सिटीमा विद्यार्थी पठाउन सुरु गरे । ठगिएको थाहा पाएर जसोतसो सैद्धान्तिक कक्षा लिइरहेका विद्यार्थीहरु इन्टर्नसीप गर्ने समय नजिककिँदै गर्दा चिन्तित बनेका छन् । 

आचार्यले सन् २०११ मा २४ जना च्युच्याङ, २०१२ मा ३६ जना विद्यार्थी छाङचा मेडिकल युनिभर्सिटी पु¥याएका थिए । त्यसपछि पनि उनले १९ जना विद्यार्थी त्यहाँ पठाइसेकाका छन् । सन् २०१२ मा गएका एक जना विद्यार्थीले भनिएजस्तो पढ्ने वातावरण नपाएपछि आत्महत्या गरेको उनीसँगै त्यहाँ पुगेको विद्यार्थी बताउँछन् । मनिस साह नामका ती विद्यार्थीले त्यहाँ गएको एकवर्षमै कलेजको लाइब्रेरी अघि झुण्डिएर आत्महत्या गरेका थिए । आचार्यले आफू छाङचा मेडिकल युनिभर्सिटीको सहायक डिन रहेकाले पढाई र इन्टर्नमा कुनै समस्या नआउने बताउदै विद्यार्थीलाई फसाउने गर्दै आएका छन् । उनले छाङचा पढ्न पठाएका विद्यार्थीबाट भर्नाका लागि प्रतिव्यक्ति ७ लाख रुपैयाँ असुले पनि विश्वविद्यालयमा ३ लाख रुपैयाँ मात्रै बुझाएको विद्यार्थीहरुले बताउँछन् । 

त्यसैगरी ट्युसन फी भनेर लिएको रकममा पनि प्रति विद्यार्थी ५ सय डलर बढी उठाएको सो विश्वविद्यालयमा अध्ययनरत एक विद्यार्थीले बताए । नेपाली शिक्षक र नेपालकै पाठ्यक्रम अनुसार पढाउने भनेर आचार्यले विद्यार्थी लगेपनि सो अनुसार पढाई नभएको विद्यार्थीहरुले स्वास्थ्यखबरलाई जानकारी दिएका छन् । सन् २०१२ पछि विद्यार्थीको सम्पर्कबाट टाढा रहेका आचार्यले नेपालबाट शिक्षक पनि पठाएनन् । विद्यार्थी अलपत्र परे । त्यसपछि छाङचामा अध्ययनरत विद्यार्थीहरुले आफ्नै प्रयासमा विकल्प खोजे । उनीहरुले सोही युनिभर्सिटीमा विशेषज्ञ तह पढिरहेका नेपाली र अफ्रिकन डाक्टरहरुलाई पढाइदिन अनुरोध गरेको विद्यार्थीहरुले बताएका छन् । ‘पैसा खर्च भइसक्यो, पढाइ भएन । त्यसपछि हामी आफैंले एमडी पढिरहेका नेपाली र अफ्रिकन दाईहरुसँग पढाउन अनुरोध ग¥यौं । 

उहाँहरुका कारण डाक्टर बन्ने आशा बाँकी छ,’ एक विद्यार्थीले भने । आचार्यले विद्यार्थीहरुलाई उक्त युनिभर्सिटी जान राजी गराउन नेपालका केही नाम चलेको अस्पतालका डाक्टरहरुलाई समेत भेटाउने गरेका थिए । ती डाक्टरले आफू पढाउन आउने भन्दै ढुक्क भएर जान विद्यार्थीलाई आश्वासन दिने गरेका थिए । ‘वीर अस्पतालको मुटुरोग विभागमा काम गर्ने डा देवी भुषालले पनि आफू त्यहाँ पढाउन आउने भनेर काउन्सिलिङ गर्नुभएको थियो तर अहिलेसम्म देखेका छैनौं,’ एक विद्यार्थी भन्छन् । सन् २०११ मा गएका मध्ये २४ जना विद्यार्थीहरुको इन्टर्नसिप अन्यौलमा परेको छ । विश्वविद्यालयले पनि नेपालमै इन्टर्नसिप गर्ने सहमतीको भएको भन्दै पन्छिने गरेको विद्यार्थीहरु बताउँछन् । 

त्यतिबेला नेपालमै इन्टर्नसीप हुनेमा ढुक्क बनाउन भने नेपाल मेडिकल काउन्सिलका तत्कालिन सदस्य डा अनिल झा अघि सर्ने गरेको थिए । ‘नेपालमै त्यो पनि सिभिल हस्पिटलमै इन्टर्नसीप गराउने भनेर डा झाले काउन्सिलमै बोलाएर भन्नुभएको थियो,’ विद्यार्थी भन्छन् । डा झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल मेडिक काउन्सिलको एलिजिबिलिटी लेटर समेत नलिएका विद्यार्थीलाई उनले च्युच्याङमा पठाएका थिए । आफूले पछि मिलाउने भन्दै पठाएको एक वर्षसम्म एलिजिबिलिटी लेटर नपाएपछि विद्यार्थीहरुलाई युनिभर्सिटीले दबाब दिएको थियो । 

विद्यार्थीहरु नेपाल आई उनको इन्सिच्युटमा तालाबन्दी गरेपछि एक वर्षपछि एलिजिबिलिटी लेटर दिलाएका थिए । नियमानुसार पछि दिन नमिल्ने उक्त लेटर डा अनिल झाकै मिलेमतोमा दिइएको थियो । सन् २०११ मा पढ्न पठाइएका विद्यार्थीले अहिले इन्टर्नसीपबारे बुझ्दा चिनमा रहेका डा आचार्यका प्रतिनिधिले नेपालमै इन्टर्न गर्न प्रतिव्यक्ति थप साढे २ लाख रुपैयाँ थप चाहिने बताउन थालेका छन् । ‘डा’सापलाई मेडिकल काउन्सिलमा मिलाउन पैसा चाहिएकाले साढे २ लाख रुपैयाँ लाग्छ, नेपालमै इन्टर्न गराइदिन्छौं,’ आचार्यका एजेण्टलाई उद्घृत गर्दै एक विद्यार्थीले भने, ‘सिभिल अस्पतालमा इन्टर्न मिलाउने कुरा भएको छ ।’
स्वस्थ खबर बाट 

Labels: Articles, BreakingNews, Health, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State