• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News » सेल्फी खिच्दै गर्दा दुई युवती कर्णाली नदीमा खसेपछि…
सेल्फी खिच्दै गर्दा दुई युवती कर्णाली नदीमा खसेपछि…

फागुन १६, चितवन । मोबाइलमा सेल्फी खिच्ने क्रममा नारायणी नदीमा खसेर दुई युवती बगेका छन् । सँगै बगेका मध्ये एकको जिवितै उद्धार गरिए पनि एक युवती बगेर बेपत्ता भएकी छन् । नवलपरासी गैंडाकोट नगरपालिका–१६ का १८ वर्षीया नम्रता सापकोटा र सोही ठाउँकी १८ वर्षकै विस्मृती ज्ञवाली नदीमा खसेका थिए । घटना देखिरहेका स्थानीय श्याम थापाले नम्रतालाई नदीमा पौडेर निकालेका थिए । 

तर विस्मृतिलाई भने उनले बचाउन सकेनन् । उनीहरु चितवनको भरतपरस्थित अरोमा कलेजमा कक्षा १२ का छात्रा हुन् । सापकोटाको जिवितै उद्धार गरिए पनि ज्ञवाली अझै हराइरहेको वडा प्रहरी कार्यालय नारायणगढका निरीक्षक सत्यनारायण थापाले बताए । थापाका अनुसार दिउँसो करिब पौने तीन बजेतिर सेल्फी खिच्दै गर्दा युवती नदीमा खसेका थिए । नदीको छेउमा रहेको ढुंगामा चढेर सेल्फी खिच्न लाग्दा उनीहरु चिप्लिएर लडेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
काठमाडौं टुडेबाट 

Labels: Articles, BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State