• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Politics, Videos » गोली हानी खगेश्वर काफ्लेको हत्या
गोली हानी खगेश्वर काफ्लेको हत्या

माघ २०, रुपन्देही । रुपन्देहीमा गोली हानी एक व्यक्तिको हत्या भएको छ । अज्ञात समूहले रुपन्देहीको सैनामैना नगरपालिका १० का खगेश्वर काफ्लेको मंगलबार राति गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । 

गोली लागेर गम्भीर घाइते बनेका काफ्लेलाई उपचारका लागि बुटबलस्थित लुम्बिनी अञ्चल अस्पताल पुर्याइएको थियो । काफ्लेको उपचारका क्रममा बुधबार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनास्थल परिसरमा मधेसी टाइगर्सको पर्चा भेटिएपनि हत्या कसले गरेको हो भन्ने खुलिसकेको छैन । हत्या गर्ने समूहको खोजी कार्य भइरहेको छ । काफ्लेका श्रीमती, सात वर्षकी छोरी र पाँच वर्षका छोरा छन् ।
भिडियो

Labels: Articles, BreakingNews, News, Politics, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State