• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Politics » पौडेलले सकेनन् तीन नेतालाई मिलाउन-फाईदा सिटौलालाई हुने !
पौडेलले सकेनन् तीन नेतालाई मिलाउन-फाईदा सिटौलालाई हुने !

फागुन ११, काठमाडौं । जतिबेला कांग्रेस कार्यकर्ताजस्तै धेरै नेताहरुलाई लागेको थियो कि संस्थापन पक्षका नेता अब रामचन्द्र नै हुन्, तर त्यसबेला उनले संस्थापन पक्षका नेताहरुलाई विश्वासमा लिन सकेनन् । पौडेलले आफू सभापति बन्ने हिसाब-किताब गर्दै गर्दा सुशीलले जस्तो पदाधिकारी बढाउने एजेण्डालाई राम्ररी अघि सार्न सकेनन् । यतिसम्म कि पौडेलका समर्थकहरु डा. शेखर कोइराला स्वयं पदाधिकारी बढाउने प्रस्तावको विपक्षमा छन् । पदाधिकारी नबढ्ने भएपछि संस्थापन गुटमा नेता व्यवस्थापन जटिल समस्या बनेको छ । पौडेलले त्यसलाई गम्भिरताका साथ नलिएर संस्थापन गुटलाई विभाजित गरेको आकांक्षी नेताहरुको गुनासो छ । अहिलेसम्मको छलफलहरु हेर्दा पौडेलले आफ्नो टीममा प्रकाशमान सिंहलाई उपसभापति र शेखर/शशांक कोइरालामध्ये एकलाई महामन्त्रीको प्रस्ताव गरेका छन् । 

पौडेल टीमबाट अर्का महामन्त्रीमा पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई हेरिएको छ । उनीसँगै कृष्ण सिटौला, सुजाता कोइराला र गगन थापाहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पौडेलले कुनै खाका दिन सकेका छैनन् । यसरी रामचन्द्र पौडेलले संस्थापनको विश्वास जित्न दिनप्रति दिन चुकिरहेका बेला सिटौलाले भने पौडेलको कमजोरीबाट फाइदा उठाइरहेका छन् । उपसभापति अफर गरेका गणेशमान पुत्र प्रकाशमानलाई समेत पौडेलले पूर्ण विश्वस्त बनाउन सकेका छैनन् । पौडेलले दिने भनेको मनोनित उपसभापति पाउनका लागि प्रकाशमानले तीन चरण पार गर्नुपर्छ । 

पहिलो रामचन्द्र सभापति बन्नुपर्‍यो, दोस्रो, प्रकाशमान सिंह आफैं केन्द्रीय सदस्यमा जित्नुपर्‍यो र तेस्रो, दुबै जितेर मात्र हुँदैन, केन्द्रीय समितिमा पौडेलको बहुमत हुनुपर्‍यो । तीनै सर्त पूरा नभएको अवस्थामा पौडेलले दिने भनेको उपसभापति पद सिंहले पाउने छैनन् । अहिले सिंहले म पनि सभापतिका लागि योग्य छु भन्नुको आयश सम्भवतः यही हो । त्यसैगरी पौडेलले सुजाता वा सिटौलालाई संसदीय दलको नेताको प्रस्ताव पनि गरेका छन् । महाधिवेशन नजिकिँदै गर्दा संस्थापन पक्षका भनिएका झण्डै आधा दर्जन सांसद शेरबहादुर देउवा क्याम्पमा गइसकेका छन् । 

अब देउवा नै जित्लान् जस्तो छ भन्ने माहोल बन्यो भने यो क्रम अझ नबढ्दा भन्न सकिँदैन । त्यस्तोमा संसदीय दलको नेता बनाउने पौडेलको प्रस्ताव कार्यान्वयन हुन सजिलो छैन । त्यसमाथि देशको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता भनेको ‘वेटिङ प्राइमिनिष्टर’ पनि हो । यदि पौडेल सभापति बनिहाले भने पनि प्रधानमन्त्रीको अवसर आउँदा उनी नै अघि सर्न सक्छन् । १७ पटक चुनाव लड्दा पनि प्रधानमन्त्री हुन नसकेका पौडेल प्रधानमन्त्री हुने अवसरलाई उनले त्यति सजिलै छाड्ने छैनन् । 

यसरी रामचन्द्र पौडेलले संस्थापनको विश्वास जित्न दिनप्रति दिन चुकिरहेका बेला सिटौलाले भने पौडेलको कमजोरीबाट फाइदा उठाइरहेका छन् । १२ औं महाधिवेशन हुँदै गर्दा सिटौलालाई प्रो-माओवादी भन्ने आरोप लागेको थियो । तर, अहिले उनी ठीक विपरीत छन् । गिरिजाप्रसाद कोइरालाको विश्वास पात्रसमेत रहेका सिटौला ०५८/५९ देखि लगातार सत्ता र शक्तिमा छन् । यो बीचमा उनी गृहमन्त्री र पार्टीको महामन्त्री पदमा रहे । यो समयमा उनले कार्यकर्तालाई जागिरदेखि भनसुन सबैथोक गर्न सके र भ्याए । ठीक विपरीत पौडेल लामो समय सत्ता बाहिर रहे । उनी पछिल्लो पटक पदमा पुगेको भनेको शान्ति मन्त्री हुँदा हो । तर, उनले कार्यकर्तालाई संरक्षण गर्न र खुशी पार्न नसकेको गुनासो धेरैको छ । सिटौला राजनीतिको भित्री खेलमा निकै कुटिल मानिन्छन् । तर, पौडेल अपेक्षाकृत रुपमा सोझा नेता हुन् ।

Labels: Articles, BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State