• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News » यौन दुर्व्यवहारको घटनाले ताप्लेजुङमा गोली चल्यो
यौन दुर्व्यवहारको घटनाले ताप्लेजुङमा गोली चल्यो

फागुन ११, ताप्लेजुङ । महिलामाथि भएको यौन दुर्व्यवहारको घटनाको विषयलाई लिएर ताप्लेजुङमा गोली चलेको छ । महिलामाथि भएको भनिएको यौन दुर्व्यवहारको बिषयलाई लिएर खोक्लिङमा भएको विवाद हिंसात्मक बनेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो । 

विद्यालय व्यवस्थापन समितिका सदस्य युवराज थापाले स्थानीय एक महिलालाई यौन दुर्व्यवहार गरेको विषयमा भइरहेको छलफल हिंसा तर्फ उन्मुख भएपछि प्रहरीले हवाइ फायर गर्नु परेकोहो । भीड हिंसा तर्फ उन्मुख भएपछि नियन्त्रणमा लिने क्रममा प्रहरी चौकी खोक्लिङका ईञ्चार्ज असई सोम श्रेष्ठ घाइते भएका छन् । उनको टाउकोमा लागेको चोटमा १० वटा टाँका लगाइएको र थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । 

छलफका क्रममा पीडित पक्षले आरोपी थापामाथि एक्कासी आक्रमणमा उत्रिएपछि हिंसात्मक घटना हुन पुगेको हो । दुवै पक्षलाई मिलाउन थाल्दा प्रहरीमाथि नै आक्रमण हुँदा असइ श्रेष्ठ घाइते हुन पुगेका हुन् । प्रहरीमाथि आक्रमण गरेको आरोपमा १२ महिला र एक पुरुषलाई नियन्त्रणमा लिइएको छ । अहिले त्यहाँको स्थिति सामान्य रहे पनि थप हिंसा हुन नदिनका लागि अहिले सो क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ ।

Labels: Articles, BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State